सर्ट फिल्म ‘उडान’को दोस्रो टिजर सार्वजनिक  « Khabarhub

सर्ट फिल्म ‘उडान’को दोस्रो टिजर सार्वजनिक 


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निरन्जन पाण्डेको निर्देशनमा तयार भएको सर्ट फिल्म ‘उडान’को दोस्रो टिजर सार्वजनिक गरिएको छ ।

निरन्जनकै सम्पादनमा तयार भएको फिल्ममा अर्जुन देब्सन, विना श्रेष्ठ, गोर्विएल डेवान, रोनिन मोलास्ची, जोन हेर्जलर, युवराज थापा, ओमार कासाराज, राजु गिलानीको मुख्य भूमिका छ ।

यो सर्ट फिल्म क्रिसमसको समयमा युट्युबमा रिलिज हुने निर्देशक तथा सम्पादक निरञ्जनले जानकारी दिए । यो फिल्ममा ५ मिनेटको गीत समेत समावेश छ । जसमा, प्रविशा अधिकारी र सनुप पौडेलको स्वर, सुरेश राईको शब्द तथा संगीत छ ।

म्युजिकल सर्ट फिल्ममा त्रिकोणात्मक प्रेम कथालाई उतारिएको निर्देशक पाण्डेले जानकारी दिए ।

फिल्ममा बलराम बुढाथोकीको छायांकन छ । यो फिल्मलाई अन्तर्राष्ट्रिय फिल्मी महोत्सवमा लैजाने तयारी समेत भइरहेको निर्देशक पाण्डेले जानकारी दिए ।  फिल्मलाई अमेरिकन प्रोडक्शन हाउस मुभिज इन्फिनिटी क्रियशनले निर्माण गरेको हो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ३ : ०० बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन