गाजामा युद्धविरामलाई थप लम्ब्याउन मध्यस्थता प्रयास तीव्र « Khabarhub

गाजामा युद्धविरामलाई थप लम्ब्याउन मध्यस्थता प्रयास तीव्र


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम- विद्यमान इजरायल–हमास मानवीय युद्धविरामलाई थप लम्ब्याउन मध्यस्थता प्रयासलाई तीव्र पारिएको छ । युद्धविरामलाई थप लम्ब्याउने प्रयास भइरहेको प्यालेस्टाइनी स्रोतले जनाएको हो । “विद्यमान चार दिने युद्धविराम लम्ब्याउने र दुवै पक्षबीच ठूलो मात्रामा बन्दी आदानप्रदान गर्ने उद्देश्यसहित कतार र इजिप्टले इजरायल र हमासलाई एउटा मस्यौदा सम्झौताबारे जानकारी गराएका छन्”, नाम उल्लेख नगर्ने शर्तमा प्यालेस्टाइनी स्रोतले सिन्ह्वालाई भनेको छ ।

छलफलमा गाजामा ४० देखि ५० बन्दीको रिहाइ तथा मानवीय सङ्कट कम गर्नका लागि प्रभावित क्षेत्रमा मानवीय सहयोगको वृद्धिबारे कुराकानी भएको स्रोतले बताएको छ । हमासले कतार–इजिप्ट प्रस्तावप्रति प्रारम्भिक इच्छा देखाएको छ । आइतबार राति हमासका एक प्रतिनिधिले विज्ञप्ति जारी गर्दै भनेका छन्, “हमास युद्धविरामलाई चार दिनभन्दा अगाडि बढाउन खोजिरहेको छ, यसमा सुरुमा इजरायलसँग सहमति भएको थियो ।”

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले थप बन्धकहरूलाई मुक्त गर्ने हो भने इजरायल हमाससँगको युद्धविरामलाई केही दिनका लागि बढाउन सहमत हुनसक्ने बताएका छन् । एक इजरायली भिडियो बयानअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तामा नेतान्याहुले कतारको मध्यस्थतामा भएको युद्धविराम सम्झौतामा उल्लेख भएअनुसार रिहा गरिएका प्रत्येक थप १० बन्धकका लागि एक अतिरिक्त दिनका आधारमा युद्धविरामको ‘स्वागत गर्ने’ बताए ।

गाजापट्टीमा अस्थायी युद्धविराम आइतबार तेस्रो दिनमा प्रवेश गरेको छ । युद्धविराम सम्झौतामा इजरायली कारागारहरूबाट एक सय ५० महिला तथा बालबालिका रिहा गरेको बदलामा गाजाबाट ५० इजराइली महिला तथा किशोर बन्धकलाई मुक्त गर्ने पनि उल्लेख छ । सम्झौतापछिको चरणहरूमा रिहाइको सङ्ख्या बढाउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ३ : ११ बजे

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त