राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासहित एक तिहाई सदस्यको पद रिक्त हुँदै | Khabarhub Khabarhub

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासहित एक तिहाई सदस्यको पद रिक्त हुँदै


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो फागुनमा राष्ट्रियसभाका २० सदस्यको कार्यकाल सकिँदैछ । पहिलो पटक राष्ट्रियसभामा ६ वर्षका लागि निर्वाचित भएका १९ र एक जना मनोनितसहित २० जना राष्ट्रियसभा सदस्य फागुन २० गतेबाट बिदा हुँदैछन् । स्थायी संसदका रूपमा लिइएको राष्ट्रियसभामा हरेक २-२ वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ ।

राष्ट्रियसभाको पहिलो निर्वाचनमा समान एक तिहाइ सांसदको २, ४ र ६ वर्षे कार्यकालका लागि गोलाप्रथा माध्यमबाट कार्यकाल निर्धारण गरिएको थियो । २ र ४ वर्षे कार्यकाल पूरा गरेका सांसदका स्थानमा निर्वाचन प्रक्रिया मार्फत नयाँ सांसद आइसकेका छन् ।

अब ६ वर्षे कार्यकाल रहेका बाँकी सांसद पनि फागुन २१ गतेबाट बिदा लिन लागेका हुन् । जसका लागि माघ ११ गते निर्वाचन गर्न निर्वाचन आयोगले सरकारसँग परामर्श गरेको छ । कानुनतः राष्ट्रियसभाका सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गराइसक्नु पर्छ ।

सोही कानुनी व्यवस्थाका आधारमा आयोगले सरकारलाई माघ ११ गते निर्वाचन गराउन सिफारिस गरेको हो । कानुनी रूपमा माघ १५ भित्र निर्वाचन गराई सक्नुपर्ने व्यवस्था रहेको छ ।

यी हुन् फागुन २० पछि बिदा हुने सांसद

नेकपा एमालेबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ८ जना फागुन २० पछि राष्ट्रियसभाबाट बिदा हुनेछन् । एमालेबाट कार्यकाल सकिने राष्ट्रियसभा सदस्यहरूमा इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई रहेका छन् ।

नेपाली काँग्रेसबाट चार जना र नेकपा माओवादी केन्द्रबाट तीन जना राष्ट्रियसभा सदस्य फागुन २० पछि बिदा हुँदैछन् । काँग्रेसका अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजङ्ग रायमाझी तथा नेकपा माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरीका कार्यकाल सकिन लागेको हो ।

नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाइँ र सिंहबहादुर विश्वकर्मा, जनता समाजवादी पार्टीका प्रमिला कुमारी तथा स्वतन्त्र डा. खिमलाल देवकोटा तथा मनोनीत डा. विमला पौड्याल पनि फागुन २० गते कार्यकाल सकिने राष्ट्रियसभा सदस्य हुन् ।

कुन प्रदेशबाट कति निर्वाचित ?

यस पटक पदावधि सकिने सांसदमध्ये अपाङ्गता तथा अल्पसङ्ख्यक समुदायको कोटाबाट निर्वाचित तीन जना छन् भने महिला कोटाका ८ जना छन् । त्यस्तै दुई जना दलित र अन्य कोटाबाट ७ जना छन् ।

प्रदेशगत रूपमा कोशीबाट २, मधेसबाट २, बागमतीबाट ४, गण्डकीबाट ३, लुम्बिनीबाट २, कर्णालीबाट ३ र सुदूरपश्चिम प्रदेशबाट ३ जना छन् । एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

जुन कोटा र प्रदेशबाट निर्वाचित सदस्यको कार्यकाल सकिएको हो अब चुनाव गर्दा पनि त्यही कोटा र प्रदेशबाट निर्वाचित गर्नुपर्ने हुन्छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदाता गर्न पाउँछन् ।

यसपालि चुनावमा मतदान गर्ने राष्ट्रियसभाका मतदाताको मतभार निर्वाचन आयोगले बढाएको छ । अब राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यका लागि ५३, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि १९ मतभार कायम हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ४ : १९ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन