संविधान कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री | Khabarhub Khabarhub

संविधान कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानमा व्यवस्था अनुसार समाजवादउन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण आयाम सामाजिक न्याय भएको बताएका छन् ।

सोमबार काठमाडौंमा छैठौं सामाजिक सुरक्षा दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय कार्यान्वयनको महत्वपूर्ण आधार सामाजिक सुरक्षा कार्यक्रम भएकाले समाजवादी राज्य स्थापनाको आकांक्षा राख्ने सम्पूर्ण जनसमुदायका निम्ति गौरवको विषय भएको बताएका हुन् । प्रधानमन्त्री भएपछि आफूले देश र जनताका लागि काम गर्ने प्रतिबद्धताका साथ अघि बढेको उनले बताए ।

उनले अर्थतन्त्रमा समस्या हल गर्नका लागि गम्भीर बहस छलफलमार्फत महत्वपूर्ण निर्णय गरेको दाबी गरे । प्रधानमन्त्री प्रचण्डले आइतबार नै सुकुम्बासीको समस्या हल गर्न नीतिगत निर्णय गरेको भन्दै छिटै सुकुम्बासी भूमिहीनको समस्या समाधान हुने जिकिर गरे । उनले अहिलेको व्यवस्थाविरुद्ध भ्रम छर्ने काम गरेको भन्दै अब इतिहासको पाङ्ग्रा पछाडी फर्कन नसक्ने स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले सुरुवाती चरणमा कोषमा सूचीकृत योगदानकर्ताले मात्रै स्वास्थ्योपचार लगायत अन्य सुविधा प्राप्त गर्ने व्यवस्थामा सुविधाहरु थप गर्दै योगदानकर्ताका परिवारलाई नै स्वास्थ्य उपचार सुविधा दिने तयारी भइरहेको बताए । उनले स्वास्थ्यमा सबैको सहज पहुँच पु‍र्याउन यसप्रकारका कार्यक्रम एक उत्कृष्ट नमूना बन्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नेपाली नागरिकहरुको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा समाजिक सुरक्षा कोषलाई विकास गराउन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पु‍र्‍याउन सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने प्रतिबद्धता जनाए ।

उनले विदेशमा रहेका नेपालीहरु र अनौपचारिक क्षेत्रका सम्पूर्ण श्रमिकहरुलाई यस कार्यक्रममा समावेश हुन अपील गरे । सामाजिक सुरक्षा कोषका अनुसार हाल १८ हजार ४३९ रोजगारदाता र नौ लाख २८ हजार ४ सय ५३ योगदानकर्ता कोषमा आबद्ध भएका छन् । त्यस्तै यस अवधिसम्म कोषमा ५१ अर्ब २९ करोड रुपैयाँ संकलन भएको कोषले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ४ : ४५ बजे

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले गरे सेनाको प्रशंसा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका

काभ्रेको पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

काभ्रे– काभ्रेको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको

इरानमा अमेरिकी आक्रमणप्रति गुटेरसको चासो : संसारकै लागि खतरा रहेको संकेत

न्युयोर्क – संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले अमेरिकाले इरानको