नेपाली कामदार तत्काल जर्मनी जान नपाउने   « Khabarhub

नेपाली कामदार तत्काल जर्मनी जान नपाउने  


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कामदार तत्काल जर्मनी जान नपाउने भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार जर्मनीसँग श्रम सम्झौता गरे पनि कार्यविधि बनाउन समय लाग्ने भएकाले कामदार लैजान अझै केही समय लाग्ने उनले बताए ।

‘यो द्विपक्षीय प्रारम्भीक सम्झौता हो । कुन कुन क्षेत्रमा कति जाने भन्ने कार्यविधि बन्ने प्रक्रिया सुरु भइसकेको छ ।’ उनले भने, ‘हामीले मात्र कार्यविधि बनाएर हुँदैन, जर्मन सरकारले पनि बनाउनुपर्छ । जर्मन सरकारले पनि आफ्नो कार्यविधि बनाएर सक्नुपर्छ ।’ त्यसकारण यति नै लाग्छ भनेर यकिन गरेर भन्न नसकिने उनले बताए ।

अहिले प्रविधिमा आधारित सीप भएका आईटी क्षेत्रका श्रमिकलाई प्राथमिकता दिइने उनले बताए । उनी भन्छन्, ‘उच्च तहको कामदारका लागि पनि जर्मन भाषा अनिवार्य हुनेछ । कुन कुन ट्रेडमा लैजाने भन्ने कुरामा छलफल हुँदैछ । प्रक्रिया निर्धारण नगरी हुँदैन ।’ त्यसकारण तत्कालै भन्ने नहुने उनको भनाइ छ ।

नेपालले गत असोज २३ गते जर्मनीसँग श्रम सम्झौता गरेको थियो । जर्मनीमा मुख्य रूपमा विद्यार्थीका रूपमा गएर काम गर्नेहरू सहित ८ हजार हाराहारीमा नेपालीहरू रहेको श्रम अधिकारीहरूको आँकलन छ ।

त्यस्तै, नेपालले १९ असोजमा रोमानियासँग पनि श्रम सम्झौता गरेको छ । रोमानिया सरकारको विवरण अनुसार हाल त्यहाँ साढे १५ हजार नेपाली श्रमिकहरू रहेका छन् ।

हजारौँको संख्यामा नेपाली श्रमिकहरू युरोपमा काम गरिरहेको भए पनि यसअघि नेपालको युरोपेली देशसँग श्रम सम्झौता भएको थिएन । नेपाली कामदारहरू करिब १११ देशमा संस्थागत रूपमा जाने गरेका छन् । तर, नेपालले हालसम्म मलेसिया, कतार र कोरियासहित नौ वटा देशसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको छ ।

यी दुवै देश युरोपेली संघ ईयूको सदस्य राष्ट्र हुन् । रोमानियामा श्रमिकहरूका लागि निर्माण क्षेत्रमा अदक्ष कामदारदेखि सुरक्षा गार्ड, सवारी चालक, सेफ, गार्मेन्ट क्षेत्रमा जागिरहरूको अवसर उपलब्ध रहेको युरोपेली आयोगको वेबसाइटमा उल्लेख छ । त्यहाँ कृषि, मत्स्य, औद्योगिक क्षेत्र, भवन निर्माणजस्ता क्षेत्रमा अहिले नै हजारौँ नेपालीहरू कार्यरत छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ४ : ५९ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

महाशिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरू)

काठमाडाैं – महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

महाशिवरात्रि : पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो

काठमाडौं – महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति