भारतको सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन « Khabarhub

भारतको सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारको सहयोगमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित गौतमबुद्ध माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको रु तीन करोड ३२ लाख ३० हजार सहयोगमा निर्माण गरिएको विद्यालयको भवन नेपालस्थित भारतीय राजदूतावासका उप–प्रमुख प्रसन्न श्रीवास्तव, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख  बाबुराम आचार्य र बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले उद्घाटन गरे ।

भारत सरकारको अनुदान विद्यालय तथा प्रयोगशाला भवन निर्माण र फर्निचर एवम् प्रयोगशाला उपकरण खरिदमा उपयोग गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । नेपाल र भारत सरकारबीच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको हो ।

कार्यक्रममा नियोग उप–प्रमुख श्रीवास्तवले यी परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण हिस्सा भएको बताए । उनले यी परियोजनाले हालैका वर्षमा उल्लेख्य प्रगति हासिल गरेको र नेपाल सरकार र नेपाली जनताका प्राथमिकतामा रहेका विभिन्न क्षेत्रहरुलाई समेत समेटेको बताए । गौतम बुद्ध माध्यमिक विद्यालय सन् १९७८मा सामुदायिक शैक्षिक संस्थाको रुपमा स्थापना भएको हो ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्चप्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यीमध्ये ६० वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन् । जसमा पाँच वटा परियोजना कपिलवस्तुमा छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ५ : १६ बजे

तमिलनाडुमा विजय थलापतिको पार्टी बहुमत नजिक, केरलमा कांग्रेसको पुनरागमन

काठमाडौं – भारतका विभिन्न राज्यहरूमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना अन्तिम

बङ्गलादेशमा दादुराका कारण ३११ बालबालिकाको मृत्यु

ढाका – बङ्गलादेशमा मार्चदेखि हालसम्म दादुरा सङ्क्रित ३११ बालबालिकाको मृत्यु

इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा नष्ट

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले अप्ठ्यारोमा राष्ट्रपति

काठमाडौं- संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले राष्ट्रपति रामचन्द्र पौडेललाई संकटमा पारिदिएको छ।

सुकुम्वासीमाथि सरकारको बल प्रयोगबारे कांग्रेसले भन्यो : अमानवीय र क्रुर कदम

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले विभिन् निर्णय गरेको छ।