नेकपा एसले थाल्यो अस्थायी टहरा निर्माण | Khabarhub Khabarhub

नेकपा एसले थाल्यो अस्थायी टहरा निर्माण


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका तर्फबाट ‘अस्थायी संरचना निर्माण’ अभियानको सुरुवात गरेका छन् ।

जिल्लाको भेरी नगरपालिका–३ थाप्लेस्थित सुशीला केसीको अस्थायी संरचनाको कामबाट अभियानको सुरुवा गरिएको हो । भूकम्पपीडितका कम्तीमा एक सय घर निर्माण गरेर हस्तान्तरण गरिने अध्यक्ष नेपालले जानकारी दिए । यो विपद्को समयमा सबै मिलेर अगाडि बढ्नुपर्ने भन्दै सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष नेपालले जाजरकोटका पाँच सय भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको काम भइरहेको जानकारी दिए ।

भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम र जाजरकोटमा चिसोका कारण सर्वसाधारणको ज्यान गइरहेको समाचार आएको भन्दै उनले सरकारका संयन्त्र धेरै प्रक्रियागत कुराको पछि नलागी युद्धस्तरमा काम गर्नुपर्ने बताए । समाजवादी पार्टी हरेक नेता तथा कार्यक्रता समाजिक सेवामा लाग्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ५ : २७ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य