कुशलको अलराउण्ड प्रदर्शनमा आयोजकमाथि आर्मीको फराकिलो जित « Khabarhub

कुशलको अलराउण्ड प्रदर्शनमा आयोजकमाथि आर्मीको फराकिलो जित


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन आर्मी क्लबले केपी ओली कप टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ । आयोजक मदन भण्डारी स्पोर्टस क्लब निलोमाथि ११० रनको फराकिलो जित निकाल्दै  आर्मीले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

पोखरा रङ्गशालामा टस हारेर ब्याटिङ गरेको त्रिभुवन आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनाएको थियो ।आर्मीले दिएको १९६ रनको बलियो लक्ष्य पछ्याएको मदन भण्डारी स्पोर्टस एकेडेमी निलो १५.४ ओभरमा ८५ रनमा अलआउट भयो ।

मदनभण्डारी स्पोर्टस एकेडेमीको लागि कप्तान निर्भिक पाठकले सर्वाधिक २८ रन बनाए । ओपनर रोनिम तिवारीले १५, रनवीर यादवले १६ तथा सेमन रोयले १० रन बनाए । आर्मीका लागि कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । जितेन्द्र मुखिया र साहब आलमले २-२ विकेट लिए । विवेक यादव र रोहित पौडेलले १-१ विकेट लिए ।

त्यसअघि, ब्याटिङ गरेको आर्मीका लागि ओपनर सन्तोष कार्कीले ४१ रन बनाए । कप्तान विनोद भण्डारीले ३८, वसिर अहमदले २३, कुशल मल्ल २५, रोहित पौडेलले १२ रन बनाए ।

विवेक यादव २९ रनमा तथा भीम सार्की ६ रनमा अविजित रहे । मदनभण्डारीका मेहोल श्रेष्ठले २ तथा कौशल रुपाखेती र धावन सहनीले १-१ विकेट लिए ।

आजै भएको पहिलो खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि ८ विकेटको जित निकालेको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ५ : २९ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले