राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा जम्बो टोली अष्ट्रेलियामा « Khabarhub

राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा जम्बो टोली अष्ट्रेलियामा


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा प्रदेशका सभामुख र उपसभामुखसमेत संलग्न रहेको १५ सदस्यीय टोली सोमबार अष्ट्रेलिया पुगेको छ । भ्रमण टोलीमा अध्यक्ष तिमल्सिनाले आफ्ना भाइ र निजी सचिवलाई समेत संलग्न गराएका छन् । अष्ट्रेलियाको सिड्नीमा नेपाली राजदूत कैलाशराज पोखरेलले सोमबार नेपाली टोलीलाई स्वागत गरेका छन् ।

भ्रमण टोलीमा राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनासहित सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारी, कर्णालीकी सभामुख नन्दा गुरुङ र गण्डकीका सभामुख कृष्ण प्रसाद धिताल छन् ।

त्यसैगरी कोशी प्रदेशभाकी उपसभामुख सिर्जना दनुवार, मधेसकी उपभामुख बबिताकुमारी राउत, बागमती उपसभामुख अप्सरा चापागाई र लुम्बिनी उपसभामुख मेनुका खाण केसी पनि अष्ट्रेलिया भ्रमणमा छन् ।

भ्रमण टोलीमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना पनि छन् । पुष्पराज गणेशप्रसादका सहोदर भाइ हुन् ।

भ्रमण टोलीमा संसद सचिवालयका प्रमुख पुस्तकालय अधिकृत कमलादेवी शर्मा र अध्यक्ष गणशप्रसादकी स्वकीय सचिव ऋचा पोखरेलसमेत छन् ।

सिड्नी, क्यानबेरा र मेलबर्न घुम्ने लक्ष लिएको टोली मंसिर ११ देखि १५ सम्म अष्ट्रेलियामा रहनेछ ।

युएनडीपीसँगको सहकार्यमा आयोजित संसद सहयोग परियोजना अन्तर्गत यो भ्रमणको आयोजना गरिएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रेस विज्ञप्ति मार्फत जनाएका छन् ।

नेपाली भ्रमण टोलीलाई दूतावासले बुधबार क्यानबेरामा रात्रिभोजको समेत आयोजना गरेको स्रोतले खबरहबलाई बतायो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : २६ बजे

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र