एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ विदेश विभाग उपमन्त्री सुनबीच भेट « Khabarhub

एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ विदेश विभाग उपमन्त्री सुनबीच भेट


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री सुन हाइयानबीच आज बेइजिङमा भेटवार्ता भएको छ ।

भेटमा दुई पार्टीबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ । भेटमा उपमन्त्री सुनले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला दुई देशबीच महत्वपूर्ण सम्झौता भएको स्मरण गर्दै तिनको सफल कार्यान्वयन हुने विश्वास व्यक्त गरिन ।

सोही समयमा नेपाल–चीनबिचको सम्बन्ध रणनीतिक साझेदारीमा स्तरोन्नति भएको उल्लेख ज्ञवालीले विगतका सहमति तथा सम्झौता कार्यान्वयन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका थिए ।

भेटमा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालका साथै चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूको सहभागिता थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : ५० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका