प्रहरीलाई प्रविधिमैत्री तुल्याउन बागमती प्रदेश सरकार लागिरहेको छ : कानुनमन्त्री श्रेष्ठ « Khabarhub

प्रहरीलाई प्रविधिमैत्री तुल्याउन बागमती प्रदेश सरकार लागिरहेको छ : कानुनमन्त्री श्रेष्ठ


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

धुलिखेल- बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रहरीलाई प्रविधिमैत्री तुल्याउन प्रदेश सरकार लागिरहेको बताएका छन् । बागमती प्रदेशस्तरीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठीको आज समापन गर्दै मन्त्री श्रेष्ठले उपलब्ध  जनशक्तिलाई प्राविधिक रूपमा दक्ष बनाएर अगाडि बढ्न आवश्यक रहेको बताए ।

शान्तिसुरक्षा तथा अपराध अनुसन्धानका लागि प्रहरी जनशक्तिहरू खटाइरहेको भए पनि साइबर क्षेत्रमा देखिएका अपराध नियन्त्रण गर्न कठिन भइरहेका अवस्थामा प्रहरीले प्रविधिसँग काम गर्न सक्ने जनशक्ति पर्याप्त उत्पादन गर्न सरकार लागिपरेको मन्त्री श्रेष्ठले बताए ।

“अनुसन्धानको विषयमा प्रवेश गर्नुअघि सकेसम्म अपराध नै हुन नदिने वातावरण बनाउनु सबैको कर्तव्य हुन आउँछ, अपराध भइहाले पनि कम मात्रामा हुनेतर्फ सचेत रहने उपाय सबैले अवलम्बन गर्नुपर्छ”, मन्त्री श्रेष्ठले भने ।

प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले आइतबार शुभारम्भ गरेको कार्यक्रममा बागमती प्रदेशका दश जिल्लाका प्रहरी अनुसन्धान अधिकृतहरुको सहभागिता थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : ५५ बजे

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई