युद्धविराम लम्ब्याउन इजरायल र हमास सकारात्मक | Khabarhub Khabarhub

युद्धविराम लम्ब्याउन इजरायल र हमास सकारात्मक


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमास युद्धविरामको समय बढाउन सकारात्मक देखिएका छन् ।

कतारको मध्यस्थतामा भएको वार्तापछि इरायल र हमासबीच चार दिनका लागि युद्धविरामसहित बन्दी रिहाइको सम्झौता भएको थियो । सो सम्झौता अनुसार आज युद्धविराम सकिदैछ ।

हमासले एक जना इजरायली बन्धक रिहा गरेबापत इजरायलले तीन जना प्यालेस्टिनी कैदीबन्दीको रिहा गर्ने सहमतिअनुसार आज अन्तिम समूह रिहा हुने तयारीमा रहेको बीबीसीले जनाएको छ ।

सम्झौताअन्तर्गत हमासले कुल ५० जना इजरायली बन्धकलाई रिहा गर्नेछ र बदलामा इजरायलले आफ्नो जेलबाट एक सय ५० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नेछ ।

अहिलेसम्म हमासले ३९ जना इजरायली र इजरायलले एक सय १७ जना प्यालेस्टिनीलाई रिहा गरेको छ । यसैबीच आज राति युद्धविरामको समय सकिनुअघि नै समय थप गर्न दुवै पक्ष छलफलमा छन् ।

दुई पक्षबीचको युद्धविरामको अवधि बढ्न सक्ने सङ्केत देखिएको बताइएको छ । इजरायलले हरेक दिन १० जना बन्धकलाई रिहा गर्ने सर्तमा युद्धविरामको समय बढाउन सक्ने बताइसकेको छ ।

तर युद्धविराम सकिनेबित्तिकै पूर्ण शक्तिका साथ गाजामा हमला गर्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले चेतावनी दिएका छन् ।

प्यालेस्टाइनी अधिकारीका अनुसार हमास पनि युद्धविरामको विषयमा सकारात्मक छ । तर सहमति भने भइसकेको छैन ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ८ : १५ बजे

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने