युद्धविराम लम्ब्याउन इजरायल र हमास सकारात्मक « Khabarhub

युद्धविराम लम्ब्याउन इजरायल र हमास सकारात्मक


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमास युद्धविरामको समय बढाउन सकारात्मक देखिएका छन् ।

कतारको मध्यस्थतामा भएको वार्तापछि इरायल र हमासबीच चार दिनका लागि युद्धविरामसहित बन्दी रिहाइको सम्झौता भएको थियो । सो सम्झौता अनुसार आज युद्धविराम सकिदैछ ।

हमासले एक जना इजरायली बन्धक रिहा गरेबापत इजरायलले तीन जना प्यालेस्टिनी कैदीबन्दीको रिहा गर्ने सहमतिअनुसार आज अन्तिम समूह रिहा हुने तयारीमा रहेको बीबीसीले जनाएको छ ।

सम्झौताअन्तर्गत हमासले कुल ५० जना इजरायली बन्धकलाई रिहा गर्नेछ र बदलामा इजरायलले आफ्नो जेलबाट एक सय ५० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नेछ ।

अहिलेसम्म हमासले ३९ जना इजरायली र इजरायलले एक सय १७ जना प्यालेस्टिनीलाई रिहा गरेको छ । यसैबीच आज राति युद्धविरामको समय सकिनुअघि नै समय थप गर्न दुवै पक्ष छलफलमा छन् ।

दुई पक्षबीचको युद्धविरामको अवधि बढ्न सक्ने सङ्केत देखिएको बताइएको छ । इजरायलले हरेक दिन १० जना बन्धकलाई रिहा गर्ने सर्तमा युद्धविरामको समय बढाउन सक्ने बताइसकेको छ ।

तर युद्धविराम सकिनेबित्तिकै पूर्ण शक्तिका साथ गाजामा हमला गर्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले चेतावनी दिएका छन् ।

प्यालेस्टाइनी अधिकारीका अनुसार हमास पनि युद्धविरामको विषयमा सकारात्मक छ । तर सहमति भने भइसकेको छैन ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ८ : १५ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५