अनलाईन मार्फत ठगी गरेको आरोपमा एक महिला पक्राउ « Khabarhub

अनलाईन मार्फत ठगी गरेको आरोपमा एक महिला पक्राउ


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिकाकी कमला मिश्र रहेकी छन् । ३४ वर्षीय मिश्रलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले विभिन्न व्यक्तिबाट तीन लाख ३० हजार ठगेको उजुरी प्रहरीमा परेको छ ।

विदेशी नागरिकको नाममा फेसबुक आइडी बनाएर उनले जन्मदिनमा आईफोन, घडी उपहार पठाएको छु भन्दै ठगी गरेको प्रहरीले बताएको छ।

कुरियरमार्फत सामान पठाएको बहाना बनाएर मिश्रले एयरपोर्टमा सामान आइपुगेको भन्दै ‘कस्टम चार्ज’ र ‘डेलिभरी चार्ज’ मागेर ठगी गर्ने गरेकी थिइन् ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ८ : २८ बजे

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले स्रोत नखुलेको ३४ लाख ९५ हजार नगदसहित दुई

नेपाल–भारत आर्थिक तथा रणनीतिक साझेदारी सुदृढ गर्न अर्थमन्त्री वाग्लेको जोड

नयाँ दिल्ली – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत आर्थिक तथा

प्रधानमन्त्रीले असोज ८ राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, महासचिव गुटेरेसलाई पनि भेट्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) को

अब वैतेश्वर गाउँपालिकाबाटै कर चुक्ता र प्यान कार्ड लिन सकिने

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका र आन्तरिक राजस्व कार्यालय धुलिखेलबीच स्थानीयस्तरबाटै