तनहुँ अमेरिका सोसाइटीद्वारा भूकम्पप्रभावित बालबालिकालाई सहयोग « Khabarhub

तनहुँ अमेरिका सोसाइटीद्वारा भूकम्पप्रभावित बालबालिकालाई सहयोग


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँ अमेरिका सोसाइटीले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपीडित बालबालिकालाई न्यानो कपडा वितरण गर्न आर्थिक सहयोग गरेको छ ।

सोसाइटीले तनहुँ घर भई हाल अमेरिकामा रोजगारीमा रहेका नेपालीबाट सङ्कलित रु तीन लाख ६० हजार (दुई हजार सात सय ३३ डलर) प्रदान गरेको हो । न्यानो कपडा खरिद गरी वितरण गर्नका लागि उक्त रकम पठाइएको सोसाइटीका अध्यक्ष किरण पन्तले जानकारी दिए।

सोसाइटीले सञ्चालन गरेको रकम सङ्कलनका लागि अन्तर्राष्ट्रिय तनहुँ अमेरिका समाजले समन्वय गरेको समाजका अध्यक्ष राजन त्रिपाठीले बताए । उनकाअनुसार अन्य देशमा रहेका नेपालीसँग रकम समन्वय गरी सहयोग गर्न अनुरोध गरिएको छ ।

भूकम्पप्रभावित स्थानमा स्वयंसेवकको रुपमा कार्यरत कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डा अरुयाराज कुँवरमार्फत बालबालिकालाई न्यानो कपडा वितरण गर्न सरकारी निकायसँग समन्वय गरी वितरण गर्न आग्रह गरिएको सोसाइटीका महासचिव अनिल गोदारले जानकारी दिए।

सोसाइटीका प्रमुख संरक्षक प्रेमराजा महतले तनहुँ र मातृभूमिसँग सधैँ जोडिनका लागि विभिन्न कार्यक्रमको अवधारणा प्रस्तुत गर्दै तनहुँका विदेशमा रहेका नेपालीसँग काम गर्न आतुर रहेको बताए। अर्का संरक्षक कृष्णजीवी पन्थ, कोषाध्यक्ष अनिता रानालगायतले सङ्कलित रकमबाट बालबालिकाका निम्ति न्यानो कपडा खरिद गरी भूकम्प प्रभावित क्षेत्र पु¥याई वास्तविक प्रभावित बालबालिकालाई प्रदान गर्न सुझाव दिए ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ९ : ४९ बजे

आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल

काठमाडौं– आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन र स्वास्थ्य प्रणालीसँग एकीकृत

गगनमाथि खनिए इतरका नेता, सम्मानजनक एकता नभए नयाँ पार्टी खोल्ने घोषणा

काठमाडौं- नेपाली कांग्रेस इतर पक्षका नेताहरूले पार्टीको आन्तरिक एकताका लागि

भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथि दबाब

नयाँ दिल्ली- सामाजिक सञ्जालमा सुरु भएको व्यङ्ग्यात्मक अभियान अहिले भारतको

मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौँको रानीवनस्थित मानव सेवा आश्रम