बुद्ध एयरको जहाजले किन गर्‍यो ‘ओभरसुट’ ? « Khabarhub

बुद्ध एयरको जहाजले किन गर्‍यो ‘ओभरसुट’ ?


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं – बुद्ध एयरको जहाजले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा ‘ओभरसुट’ गरेको छ । काठमाडौंबाट यात्रु बोकेर उडेको जहाजले आज साँझ करिब ७ बजे चन्द्रगढी विमानस्थलमा अवतरणका क्रममा ओभरसुट गरेको हो ।

बुद्ध एयरको जहाज धावनमार्गमा अवतरणको अन्तिम चरणमा स्याल देखिएपछि जहाजले ओभरसुट गरेको विमानस्थलका सूचना अधिकारी किशोरकुमार खत्रीले राससलाई जानकारी दिए ।

उनले भने, “काठमाडौँबाट आएको जहाज अवतरण गर्ने ‘फाइनल प्वाइन्ट’ मा आइसकेपछि धावनमार्गमा स्याल देखियो । हामीले सामान्यतया धावनमार्गमा स्याल, कुकर वा कुनै शङ्कास्पद वस्तु देखिएमा पहिला धावनमार्ग क्लियर गरेर मात्रै जहाज अवतरण गर्ने अनुमति दिन्छौँ । सोही प्रक्रिया गर्दा समय करिब १० मिनेटको समय लाग्ने भएकाले जहाजलाई ‘मिस अप्रोच’ गराएर सुरक्षित अवतरण गरिएको हो ।”

रातिको समयमा इन्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) भएकाले धावनमार्ग क्लियर गर्न लगाएर जहाजलाई सुरक्षित अवतरण गराइएको थियो ।

धावनमार्गमा स्याल देखिएपछि विमानस्थलका ‘एयर ट्राफिक कन्ट्रोलर’ ९एटिसी० ले मिस अप्रोच लागि विमान चालक (पाइलट)लाई अनुरोध गरेका थिए । मानिस र सवारीसाधनको सहायताले धावनमार्ग उडानयोग्य बनाइएको थियो ।

“रात्रिकालीन उडान भएकाले केही असहज भएको हो हामी सचेत छौँ, जहाज उडान तथा अवतरण गर्नुअघि विमानस्थलका कर्मचारीले धावनमार्गको चेकजाँच गरिँदै आएको छ । सुरक्षित उडानका लागि सबै जिम्मेवारपूर्वक लागेका छौँ”, सूचना अधिकारी खत्रीले भने ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  १० : १३ बजे

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा