डाक्टरको सुझाव : कम्मर दुख्ने समस्या छ ? पेल्भिक फ्लोर थेरापी गरौं | Khabarhub Khabarhub

डाक्टरको सुझाव : कम्मर दुख्ने समस्या छ ? पेल्भिक फ्लोर थेरापी गरौं


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिजियोथेरापी अर्थात् भौतिक चिकित्सा भन्नाले एक वैज्ञानिक आधुनिक चिकित्सा पद्धति हो । यसमा बिना साइड इफेक्ट मानव शरीरका विभिन्न अंग तथा प्रणालीहरु (नशा, मांसपेसी, हाडजोर्नी, स्नायु, श्वासप्रश्वास, रक्तसञ्चार आदि) मा आउने समस्या वा क्षतिलाई समाधान गरिन्छ ।

विभिन्न आधुनिक विद्युतीय तथा अन्य उपकरण, शारीरिक व्यायाम, जीवनशैली सुधार आदिको प्रयोग गरेर शरीरलाई पहिलेजस्तै स्वतन्त्र कार्यशैलीमा फर्काउने र जीवनस्तरमा सुधार ल्याउने अनि समुदायमा शारीरिक पुनःस्थापना गराउने कार्यमा थेरापी उपयोगी मानिन्छ ।

मानव शरीरमा माथिल्लो र तल्लो भाग जोड्ने कम्मरको हड्डीको थेरापी हो– पेल्भिक फ्लोर फिजियो थेरापी । यो कस्तो अवस्थामा गरिन्छ त ? यो थेरापीबाट के फाइदा हुन्छ ? यिनै विषयमा फिजियो थेरापिष्ट डा. अष्मु भट्टराईसँग खबरहबका लागि गरेको कुराकानी :

पिसाब चुहिने, दिसा कसिने, शारीरिक सम्पर्कका बेला दुखाई हुने र सक्रिय हुन मन नलाग्ने वा उत्साहमा कमी हुने खालका समस्याको समाधान गर्न पेल्भिक फ्लोर फिजियो थेरापी सबैभन्दा प्रभावकारी हुन्छ। यसलाई यो समस्याको पहिलो उपचार पद्धति मानिन्छ।

पेल्भिक फ्लोर फिजियो थेरापी भनेको के हो ?
मानव शरीरमा माथिल्लो र तल्लो भाग जोड्ने कम्मरको हड्डीलाई पेल्भिक (श्रेणी) भनिन्छ। यो श्रेणीको पिँधमा भएको मासुको समूहलाई पेल्भिक फ्लोर भनिन्छ। यो पेल्भिक फ्लोरले हाम्रो दिसा, पिसाब साथै शारीरिक सम्पर्कको कार्यमा ठूलो योगदान पु-याएको हुन्छ।

यी तन्तुहरुमा कुनै समस्या आएमा पिसाब चुहिने, दिसा कसिने, शारीरिक सम्पर्कका बेला दुखाई हुने, शारीरिक सम्पर्क सक्रिय हुन मन नलाग्ने वा उत्साहमा कमी हुने खालका समस्या देखिन्छ। यस्तो समस्या समाधान गर्न पेल्भिक फ्लोर फिजियो थेरापी नै सबैभन्दा प्रभावकारी र पहिलो उपचार पद्धति मानिन्छ।

कस्तो अवस्थामा यसको आवश्यकता पर्छ ?
पिसाब चुहिने, कब्जियत हुने, गर्भावस्थामा हुने समस्या, सुत्केरी भइसकेपछि पाठेघरलाई पहिलेकै अवस्थामा फर्काउन यसको आवश्यकता पर्छ। साथै, महिलामा उमेर अनुसार देखिने परिवर्तन जस्तो कि किशोरावस्थामा हुने महिनावारीको समस्या, गर्भावस्थामा गर्भ खेर जाने समस्या, अधबैंसे उमेरमा पाठेघर झर्ने, पिसाब चुहिने, शारीरिक सम्पर्कमा कष्ट हुने, घुँडा दुख्ने, ढाड दुख्ने समस्यालाई समाधान गर्न पनि ओबीजी फिजियोथेरापी प्रभावकारी बन्न सक्छ।

पेल्भिक फ्लोर फिजियो थेरापी महिला पुरुष दुवैलाई गर्न सकिन्छ ?
महिला पुरुष दुवैमा हुन्छ। महिलाको सन्दर्भमा बच्चा जन्माइसकेपछि जसको महिनावारी सुक्ने समय हुन्छ, उनीहरुमा पनि पेल्भिक फ्लोरमा विभिन्न समस्या देखिने गर्छ। त्यस्तै महिनावारीमा हुने समस्यामा पनि यसको आवश्यकता पर्दछ। पुरुषको सन्दर्भमा प्रोष्टेड सर्जरी, स्टोक भइससकेपछि पिसाब चुहिने, शारीरिक सम्पर्क राख्दा दुख्ने समस्यामा पनि यसको आवश्यकता पर्दछ।

महिलामा उमेर अनुसार देखिने परिवर्तन जस्तो कि किशोरावस्थामा हुने महिनावारीको समस्या, गर्भावस्थामा गर्भ खेर जाने समस्या, अधबैंसे उमेरमा पाठेघर झर्ने, पिसाब चुहिने, शारीरिक सम्पर्कमा कष्ट हुने, घुँडा दुख्ने, ढाड दुख्ने समस्यालाई समाधान गर्न पनि ओबीजी फिजियोथेरापी प्रभावकारी बन्न सक्छ।

नेपालमा पेल्भिक फ्लोर फिजियो थेरापी नयाँ हो ?
यो एकदमै नयाँ हो। नेपालमा कुनै पनि अस्पतालमा पेल्भिक फ्लोर फिजियो थेरापीको प्रयोग अहिलेसम्म भएको छैन। म्यानुअल थेरापी अस्पताल मिनभवन काठमाडौंमा भर्खरै हामीले यसको सुरुवात गरेका छौं।

तपाईसँग अहिले कति जनाले यो थेरापी गराउनुभयो ? उहाँहरुबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
धेरै जनाले सेवा लिनुभयो प्रतिक्रिया पनि राम्रै पाएका छौं। त्यसमध्ये एकजना ५५ वर्षीया महिला आउनुभएको थियो। उहाँलाई पिसाब गर्दा भारी महसुस हुने समस्या थियो। दुई हप्ताको थेरापीपछि त्यो कम भयो भनेर प्रतिक्रिया दिनुभयो।

पछिल्लो समय नेपालमा पाठेघर खस्ने, पाठेघरको क्यान्सर हुने समस्या बढिरहेको छ। त्यसमा यो थेरापीले सहयोग गर्छ कि गर्दैन ?
पाठेघरमा सामान्य समस्या आएपछि अर्थात क्यान्सर हुनु र पाठेघर खस्नु अगावै यो थेरापी गर्यौं भने केही हदसम्म बच्न सकिन्छ। तर पाठेघरको क्यान्सर उपचारपछि पनि पेल्भिक फ्लोर फिजियो थेरापीको आवश्यकता पर्छ । जसले पिसाब चुहिने, शारीरिक सम्पर्क राख्दा दुख्ने जस्ता समस्या समाधान हुन्छ।

यो थेरापी महंगो छ ?
अहिले हामीले एकदमै न्युन शुल्कमा सेवा दिरहेका छौं। सामान्य अवस्था भएका बिरामीले सजिलै सेवा लिन सक्नुहुनेछ।

पाठेघरको क्यान्सर उपचारपछि पनि पेल्भिक फ्लोर फिजियो थेरापीको आवश्यकता पर्छ । जसले पिसाब चुहिने, शारीरिक सम्पर्क राख्दा दुख्ने जस्ता समस्या समाधान हुन्छ।

यो सँग सम्बन्धित तपाईंका योजना के छन् ?
अहिलेको अवस्थामा सबैभन्दा पहिले त हामी गाउँ गाउँमा गएर यसको बारेमा जानकारी गराउनेछौं। नेपालको पूर्वी पहाड र पश्चिमी भेगमा धेरै महिलामा पाठेघरको समस्या देखिएको छ। तर उनीहरुलाई समस्याको बारेमा थाहा नै हुँदैन। उनीहरु पिसाबको समस्या लिएर अस्पताल आउँछन्। परीक्षण गर्दा पाठेघरको समस्या हुन्छ। कतिपयको त पाठेघर खसेको पनि हुन्छ। त्यसैले पाठेघरको समस्याबारे उनीहरुलाई बुझाउन जरुरी छ। पाठेघरमा अलिकति पनि समस्या आउने बित्तिकै उपचार सुरु भयो र त्यो अवस्थामा पेल्भिक फ्लोर थेरापी गर्न सक्यौं भने केही हदसम्म पाठेघर खस्ने समस्याबाट बच्न सकिन्छ।

सबैले आफ्नो समस्या बुझौं, स्वास्थ्यमा लापर्वाही नगरौं। जति चाँडो रोग पत्ता लाग्छ त्यति नै चाँडो उपचार हुन्छ।

सरकारले यसबारेमा चिकित्सकदेखि लिएर नर्स समेत सहभागी हुने गरी एउटा सरकारी टिम बनाएर विभिन्न जिल्ला तथा ग्रामीण भेगहरुमा स्क्रिन क्याम्प सञ्चालन गरेर क–कसलाई यस्तो समस्या छ भनेर जाँच गरिदिए मात्रै पनि धेरै समस्या समाधान हुन्थ्यो।

यसबारेमा सरकारसँग केही पहल गर्नुभएको छ कि छैन ?
अहिलेसम्म केही पहल गरेको छैन। हामीसँग उपलब्ध स्रोत साधन र जनशक्तिले भ्याएसम्म हामी गर्छौ। त्यसपछि यसबारे पहल गर्छौं।

यहाँका केही सुझाव छन् कि ?
सबैले आफ्नो समस्या बुझौं, स्वास्थ्यमा लापर्वाही नगरौं। जति चाँडो रोग पत्ता लाग्छ त्यति नै चाँडो उपचार हुन्छ।

फिजियो थेरापिष्ट डा. अष्मु भट्टराईको कुराकानी :

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : ५७ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला