इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि रोमाञ्चक जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा एस्टन भिल्लालाई ३–२ गोलले हराउँदै म्यानचेस्टर युनाइटेड विजयी भएको हो ।

खेलको पहिलो हाफमा २–० गोलले पछि परेको म्यानचेस्टरले दोस्रो हाफमा ३ गोल गरेको थियो ।

खेलमा पहिलो हाफको २१औँ मिनेटमामा भिल्लाका जोन म्याकगीनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि २६औँ मिनेटमा भिल्लाकै लीन्डर डेनडोंकरले एक गोल थप्दै टोलीको अग्रतालाई दोब्बर बनाएका थिए ।

दोस्रा हाफको ५९औँ७१औँ मिनेटमा म्यानचेस्टरका अलेजान्द्रो गार्नाचोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि ८२औँ मिनेटमा रासमस होजलण्डले निर्णायक गोल गर्दै टोलीलाई ३–२ गोलको जित दिलाए ।

यो जितसँगै १९ खेलबाट ३१ अंक बनाएको म्यानचेस्टर युनाइटेड तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । पराजित भएको एस्टन भिल्ला ३९ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ७ : १२ बजे

सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय

काठमाडौं– सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन,

काठमाडौंमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक

करिब १ हजार ३ सय १५ किलो गाँजा बरामद

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब १

नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

कैलाली– नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कञ्चनपुर बेलौरी

म्यानपावर व्यवसायी आन्दोलित, आजदेखि श्रमिक नपठाउने घोषणा

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरूले विभिन्न माग राख्दै वैदेशिक रोजगारमा श्रमिक