राष्ट्रपति पौडेल आज बागलुङ जाँदै, बागलुङ महोत्सवको उद्घाटन गर्ने « Khabarhub

राष्ट्रपति पौडेल आज बागलुङ जाँदै, बागलुङ महोत्सवको उद्घाटन गर्ने


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जाँदै छन् । गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौँ बागलुङ महोत्सवमा सहभागी हुन राष्ट्रपति पौडेल बागलुङ जान लागेका हुन् ।

महोत्सवको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने तथा बागलुङ कालिका मन्दिर पुगेर पूजा अर्चना गर्ने र शालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
कोरोना महामारीपछि रोकिएको महोत्सव चार वर्षपछि फेरि हुन लागेको हो । यसअघि २०७६ सालमा महोत्सव भएको थियो । कोरोना कहरपछि सुस्ताएको व्यापार बढाउन बागलुङ महोत्सव फलदायी हुने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताए ।

पुस २१ गतेसम्म चल्ने महोत्सवमा एक सय २० भन्दा बढी स्टल रहने छन् । महोत्सवको करिब सात लाख दर्शकले अवलोकन गर्ने संघको अनुमान छ ।

महोत्सवमा खुला रिले दोहोरी तथा लाइभ दोहोरी गीत, खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला भजन प्रतियोगिता र युवा उद्यमी सम्मेलन हुने जनाइएको छ ।

 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ७ : ३१ बजे

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम