राष्ट्रपति पौडेल आज बागलुङ जाँदै, बागलुङ महोत्सवको उद्घाटन गर्ने « Khabarhub

राष्ट्रपति पौडेल आज बागलुङ जाँदै, बागलुङ महोत्सवको उद्घाटन गर्ने


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जाँदै छन् । गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौँ बागलुङ महोत्सवमा सहभागी हुन राष्ट्रपति पौडेल बागलुङ जान लागेका हुन् ।

महोत्सवको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने तथा बागलुङ कालिका मन्दिर पुगेर पूजा अर्चना गर्ने र शालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
कोरोना महामारीपछि रोकिएको महोत्सव चार वर्षपछि फेरि हुन लागेको हो । यसअघि २०७६ सालमा महोत्सव भएको थियो । कोरोना कहरपछि सुस्ताएको व्यापार बढाउन बागलुङ महोत्सव फलदायी हुने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताए ।

पुस २१ गतेसम्म चल्ने महोत्सवमा एक सय २० भन्दा बढी स्टल रहने छन् । महोत्सवको करिब सात लाख दर्शकले अवलोकन गर्ने संघको अनुमान छ ।

महोत्सवमा खुला रिले दोहोरी तथा लाइभ दोहोरी गीत, खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला भजन प्रतियोगिता र युवा उद्यमी सम्मेलन हुने जनाइएको छ ।

 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ७ : ३१ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।