आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै « Khabarhub

आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष ‘ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान’ भन्ने राष्ट्रिय मूल नारा तय गरिएको छ ।

दिवसको अवसरमा आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विशेष कार्यक्रम गर्दैछ । मन्त्रालयले जेष्ठनागरिकका पक्षमा काम गर्ने व्यक्ति र संस्थालाई सम्मान  एवं पुरस्कार वितरण गर्न लागेको छ ।

मुलुकमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको दिनको अवसरमा ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो ।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषको पहलमा २०७८ सालदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा यसवर्ष ज्येष्ठ नागरिकका पक्षमा उल्लेखनीय कार्य गरेको भन्दै व्यक्तितर्फ नेपाली साहित्यमा चट्याङ मास्टरका नामले परिचित कृष्ण मुरारी गौतमलाई ‘ज्येष्ठ नागरिक वर्ष पुरुष’ घोषणा गरी नगद एक लाखसहित सम्मान गर्दैछ ।

यस्तै, संस्थातर्फ महिला तथा वृद्ध सेवा केन्द्र, कञ्चनपुरलाई सम्मान गर्न लागिएको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १० : ११ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा