६ करोडभन्दा बढीको अदुवा गाउँबाटै बिक्री « Khabarhub

६ करोडभन्दा बढीको अदुवा गाउँबाटै बिक्री


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

रुकुमपश्चिम– रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट ६ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट ६ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले यस वर्ष १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जानकारी दिए । गाउँपालिका भित्र अदुवाखेती गर्ने दुई हजार ६ सय घरधुरी रहेको र  पाँच हजार दुईसय रोपनी क्षेत्रफलमा अदुवा उत्पादन हुने गरेको जनाइएको छ ।

एक रोपनी जग्गामा तीन सय केजी अदुवा उत्पादन हुने गरेको उनले जानकारी दिए  । प्रत्येक किसानले गाउँबाटै एक क्विन्टललाई चार हजारका दरले  बिक्री गरेका छन् । अदुवाका लागि व्यापारी गाउँमै पुगेर खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको कृषि शाखाले जनाएको छ ।

व्यावसायिकरूपमा अदुवाखेती गरेका त्रिवेणी–४ खुम्चेरीका नरे खड्काले यस वर्ष अदुवा बिक्रीबाट एक लाख आम्दानी गरेको बताए । विगत २० वर्षदेखि अदुवाखेतीमा लागेका उनले निरन्तर खेती गर्दै आएका छन् ।

यस वर्ष उत्पादन भएको साढे तीन  क्विन्टल बीउका लागि र १२ क्विन्टल प्रतिक्विन्टल चार हजारदेखि आठ हजारका दरले बिक्री गरेको उनको भनाइ छ ।

 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १० : ३० बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति