शुक्रबार उद्घाटन हुने दोलखा महोत्सवमा एक सय ५० वटा स्टल राखिने   « Khabarhub

शुक्रबार उद्घाटन हुने दोलखा महोत्सवमा एक सय ५० वटा स्टल राखिने  


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

दोलखा– सुस्त  व्यापार व्यवसाय र बजारलाई चलायमान बनाउने उद्देश्यले आउँदो शुक्रवार उद्घाटन गरिने १० दिने वृहत् दोलखा महोत्सवमा दोलखा उद्योग वाणिज्य संघको व्यवस्थापनमा एक सय ५० वटा स्टल राखिने भएको छ।

महोत्सव आयोजक बाणिज्य संघ शुक्रवारबाट देखी सुरुहुने महोत्सवमा दोलखा जिल्ला भित्र र बाहिरबाट कम्तीमा एक सय ५० वटा व्यापारिक तथा विभिन्न बस्तुसँग सम्बन्धी स्टल राख्ने अन्तिम तयारी पुरा भएको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

पुस १३ गतेदेखि २२ गतेसम्म दोलखा सदरमुकाम चरिकोटस्थित भीमेश्वर रंगशालामा १० दिन सञ्चालन हुने उक्त महोत्सवले जिल्लाको सुस्त व्यापार व्यवसायलाई लयमा ल्याउन सक्ने अपेक्षा गरिएको उनले बताए ।

मंगलबारसम्म महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताउँदै अध्यक्ष श्रेष्ठले महोत्सवको उद्घाटन पुस १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोलखा आएर गर्ने बताए। महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री, वितरण तथा प्रवर्द्धन गरिने उनले जानकारी दिए।

स्टलहरूमा दोलखाका सबै स्थानीय तहहरू, सरकारी निकाय, निजी क्षेत्र, कृषक, विभिन्न समूहहरू, सङ्घसंस्था, उद्योगी व्यवसायीका उत्पादन लगायत प्रदर्शनीमा राखिने पनि उनले बताए।अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन पर्यटकका स्वागतका लागि स्ट्रिट फुड फेस्टिभलको आयोजना पनि गरिने भएको छ।

महोत्सवमा दोलखा जिल्लाका पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी र वृत्तचित्र प्रदर्शनी पनि गरिने उनले जानकारी दिए। धार्मिक तथा प्राकृतिक स्रोतसाधनको हिसाबले उच्च पर्यटकीय सम्भावना बोकेको जिल्ला भए पनि पछिल्लो समय बजार सँगै व्यापार व्यवसाय पनि घट्दै गाएको तथा आर्थिक मन्दीको मारमा व्यवसायी, व्यापारीहरू परेकोले यस क्षेत्रमालाई चलायमान बनाउने उद्देश्य तथा आगामी योजनाको सन्दर्भमा पनि महोत्सवमा जिल्लाका स्थानीय निकाय बीच बहस छलफल हुने जनाइएको छ। साथै कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको समेत प्रत्येक दिन सांस्कृतिक प्रस्तुति रहने छ।

सुबास बस्नेत 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १२ : ०१ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिव द्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको