प्रधानमन्त्री महिला टी-२० : गण्डकीमाथि कोशीको ५५ रनको जित « Khabarhub

प्रधानमन्त्री महिला टी-२० : गण्डकीमाथि कोशीको ५५ रनको जित


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जारी प्रधानमन्त्री महिला टी-२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

बुधबार सम्पन्न खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ५५ रनले पराजित गरेको हो । कोशी प्रदेशले दिएको १०४ रनको लक्ष्य पछाएको गण्डकीले १५ ओभरमा अल आउट हुदै ४८ रन मात्र बनाएपछि कोशी ५५ रनले विजयी भएको हो । 

गण्डकीका लागि सुमन खतिवडाले २१ रन बनाएकी थिइन् भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए । यो जितपछि कोशी प्रदेशको ५ खेलमा ८ अंक भएको छ भने गण्डकीले चौथो हार बेहोरेको छ ।

गण्डकीको ५ खेलमा २ अंक मात्र रहेको छ । कोशी अंक तालिकामा दोस्रो स्थानमा रहेको छ भने गण्डकी छैटौँ स्थानमा रहेको छ ।

अब कोशीले बिहीबार सुदूरपश्चिम प्रदेशको सामना गर्ने छ भने गण्डकीले बिहीबार नै एपीएफको सामना गर्ने छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १२ : ४९ बजे

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती