पर्यटकको गन्तव्य बन्दै पचघैया प्राणी उद्यान केन्द्र « Khabarhub

पर्यटकको गन्तव्य बन्दै पचघैया प्राणी उद्यान केन्द्र


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश सरकारको गौरवको आयोजना पचघैया प्राणी उद्यान केन्द्रमा पर्यटकको आकर्षण बढेको छ । पोखरा महानगरपालिकाका तीन वडा समेटेर निर्माण गरी सञ्चालनमा आएको उद्यान केन्द्र सर्वसाधारणका लागि खुला गरिएसँगै सो क्षेत्र पर्यटकीय रोजाइमा परेको हो ।

लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर निर्माण गरिएको केन्द्रमा विभिन्न २३ प्रजातिका पशु तथा चराचुरुङ्गीको प्रदर्शन गरिएको छ ।  सो उद्यान केन्द्रको एक वर्षको अवधिमा सात हजारभन्दा बढी पर्यटकले अध्ययन अवलोकन गरेका उद्यान व्यवस्थापन समितिका अध्यक्ष दीननाथ ढकालले जानकारी दिए ।

उद्यान केन्द्रमा चितुवा, नीलगाई, रतुवा मृग, चित्तल, चरीबाग, वन बिरालो, स्याल, अजिङ्गर, सेता गिद्ध, लाटोकोसेरो, मयुर, कछुवा, बाँदर, खरायोलगायत २३ प्रजातिका वन्यजन्तु तथा पक्षी अवलोकन गर्न पाउनेछन् । बृहत् पोखराको अवधारणाअनुसार स्थापना गरी सञ्चालनमा आएको उक्त केन्द्रले २०७९ साल पुसदेखि खुला गरिएको केन्द्रले टिकट बिक्रीबाट रु एक लाख ८४ हजार एक सय ९० आम्दानी गरेको उनले बताए।

अवलोकन गर्नेमा विद्यार्थीको सङ्ख्या बढी छ । प्रदेश सरकारको व्यवस्थापनमा डिभिजन वन कार्यालय कास्कीले हेर्नेगरी स्थानीयवासी, वन उपभोक्ता समिति र युनाइटेड क्लबका प्रतिनिधिसहितको सहभागितामा १५ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको उनको भनाइ छ । 

गण्डकी प्रदेश सरकारले यस आवका लागि कुल रु ८२ लाख बजेट विनियोजन गरेको जनाउँदै उनले यो रकमबाट रु ४० लाख वन्यजन्तु र पक्षीको आहारा र अन्य व्यवस्थापनामा खर्च हुने र रु ४२ लाख खोर मर्मत तथा आवश्यक भौतिक निर्माणमा लगानी गरिने बताए ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १ : १४ बजे

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध