प्रधानमन्त्री महिला टी-२० : एपीएफको लगातार पाँचौँ जित | Khabarhub Khabarhub

प्रधानमन्त्री महिला टी-२० : एपीएफको लगातार पाँचौँ जित


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जारी प्रधानमन्त्री महिला टी-२० क्रिकेट प्रतियोगितामा एपीएफले लगातार पाँचौं जित हासिल गरेको छ । बुधबार सम्पन्न खेलमा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै लगातार पाँचौ जित हासिल गरेको हो ।

एपीएफले दिएको १६१ रनको लक्ष्य पछाएको कर्णालीले २० ओभरमा ८ विकेट गुमाउदै ६८ रन मात्र बनाएको थियो । यस अघि एपीएफले पहिला ब्याटिङ गर्दै २० ओभरमा २ विकेट गुमाएर १६० रन बनाएको थियो ।

यो जितपछि एपीएफ ५ खेलमा अपराजित हुँदै १० अंक हासिल गरेर अंकतालिकामा शीर्ष स्थानमा रहेको छ । त्यसैगरी कर्णाली प्रदेशले लगातार पाँचौं हार बेहोरेको छ ।

अब एपीएफले अर्को खेल बिहीबार गण्डकी प्रदेशसँग खेल्ने छ भने कर्णालीले अर्को खेल बिहिबार नै बागमती प्रदेशसँग खेल्ने छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १ : १९ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास