एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू  | Khabarhub Khabarhub

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू 


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को सातौँ बैठक बुधबारबाट सुरू भएको छ। 

तीन दिन चल्ने केन्द्रीय कमिटीको बैठक ललितपुरको बालकुमारीमा सुरू भएको हो। १३ गतेसम्म चल्ने बैठकमा मूलतः विधानमाथि छलफल केन्द्रित हुने बताइएको छ । 

एकीकृत समाजवादीले जेठ ३ गतेदेखि पहिलो महाधिवेशन गर्दैछ। त्यसका लागि विधानको मस्यौदा बनाएर छलफल चलाइरहेको हो।

एकीकृत समाजवादीले विधान मस्यौदा बनाउन उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा महासचिव घनश्याम भूसाल, उपमहासचिव प्रकाश ज्वाला रहेको समिति बनाएको थियो।

सचिवालयको ७० औं बैठक बसेर विधानमाथि प्रारम्भिक छलफल गरिसकेको छ। अहिले केन्द्रीय कमिटीमा लैजान लागेको प्रस्तावमा पार्टीको कार्यकारिणी कमिटीमा ७० वर्षे उमेरहदको प्रावधान राखिएको छैन। निर्वाचन आयोगमा बुझाएको विधानमा केन्द्रीय कमिटी र केन्द्रीय आयोगका सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भएकामा त्यो हटाइएको छ। 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १ : २४ बजे

सञ्जालमा छाडा गीत : न डिलिट गर्न सहज, न कुनै कानूनी उपचार !

दुई दशक अगाडि सपरिवार बसेर टिभी हेर्ने चलन थियो। रेडियो

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– लेदोसहितको पहिरोले बीपी राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ

भारतको युवा टेस्ट : ब्याट र बलमा नै सूर्यवंशीको प्रभाव

काठमाडौं – भारत र इङ्गल्यान्डको युवा क्रिकेट टोलीको खेलमा लगातार

दाङमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ– दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक