एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू  « Khabarhub

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू 


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को सातौँ बैठक बुधबारबाट सुरू भएको छ। 

तीन दिन चल्ने केन्द्रीय कमिटीको बैठक ललितपुरको बालकुमारीमा सुरू भएको हो। १३ गतेसम्म चल्ने बैठकमा मूलतः विधानमाथि छलफल केन्द्रित हुने बताइएको छ । 

एकीकृत समाजवादीले जेठ ३ गतेदेखि पहिलो महाधिवेशन गर्दैछ। त्यसका लागि विधानको मस्यौदा बनाएर छलफल चलाइरहेको हो।

एकीकृत समाजवादीले विधान मस्यौदा बनाउन उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा महासचिव घनश्याम भूसाल, उपमहासचिव प्रकाश ज्वाला रहेको समिति बनाएको थियो।

सचिवालयको ७० औं बैठक बसेर विधानमाथि प्रारम्भिक छलफल गरिसकेको छ। अहिले केन्द्रीय कमिटीमा लैजान लागेको प्रस्तावमा पार्टीको कार्यकारिणी कमिटीमा ७० वर्षे उमेरहदको प्रावधान राखिएको छैन। निर्वाचन आयोगमा बुझाएको विधानमा केन्द्रीय कमिटी र केन्द्रीय आयोगका सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भएकामा त्यो हटाइएको छ। 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १ : २४ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक