बालुवाटारमा दलको बैठक बसेकोप्रति राप्रपाको आपत्ति « Khabarhub

बालुवाटारमा दलको बैठक बसेकोप्रति राप्रपाको आपत्ति


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाले जनताको पैसाबाट चल्ने बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दलको बैठक बसेपछि आपत्ति जनाएको छ ।

राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले  प्रधानमन्त्रीको सरकारी निवासमा मोर्चा वा कुनै पनि दलीय बैठक बस्नु आपत्तिजनक रहेको बताएका छन् । 

देशको प्रधानमन्त्री बस्ने र जनताको पैसाबाट चल्ने सरकारी निवासलाई कुनै दल विशेष वा मोर्चाको सम्पर्क कार्यालयजस्तो बनाउन नहुने भन्दै उनले यो विषय नैतिक आचरणको रहेको बताए ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चा नेपालको बैठक बसेको थियो ।

यसबारे सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले लेखेका छन् :

समाजवादी मोर्चाको बैठक वा कुनै पनि दलीय बैठकहरू प्रधानमन्त्रीको सरकारी निवासमा गरिनु आपत्तिजनक छ। देशको प्रधानमन्त्री बस्ने, जनताको पैसाबाट चल्ने सरकारी निवासलाई कुनै दल विशेषको, मोर्चाको सम्पर्क कार्यालय जस्तो बनाइनु हुँदैन । यो मूलतः नैतिकताको विषय हो।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ४ : १७ बजे

रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावित

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार