इराकमा भएको विस्फोटमा दुई पर्यटकको मृत्यु « Khabarhub

इराकमा भएको विस्फोटमा दुई पर्यटकको मृत्यु


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

बगदाद– पश्चिमी इराकको मरुभूमिमा मंगलबार सडक किनारमा भएको बम विस्फोटमा परी मारिएका दुई कुवेती र साउदी पर्यटकको शव फेला परेको इराकी सेनाले बताएको छ । 

सुरक्षा मिडिया सेलले जारी गरेको विज्ञप्तिअनुसार पर्यटक भिसामा इराक प्रवेश गरेका एक साउदी र एक कुवेती अनबर, सलाहुद्दिन र निनेवेह प्रान्तमा फैलिएको विशाल मरुभूमिमा बेपत्ता भएका थिए । इराकी सुरक्षा बलले अनबर मरुभूमिमा बेपत्ता पर्यटकको खोजीमा व्यापक अभियान सञ्चालन गर्दा उनीहरूको जलेको शव फेला पारेका हुन् । 

विज्ञप्तिमा आतंकवादी समूह इस्लामिक स्टेट (आइएस) ले सडक किनारमा छोडेको पुरानो बममा उनीहरूको गाडीले ठक्कर दिँदा भएको विस्फोटबाट मृत्यु भएको आशंका गरिएको छ । 

यसैबीच अनबर प्रान्तको एक सुरक्षा स्रोतका अनुसार कुवेती र साउदी मरुभूमिमा शिकार यात्रामा रहेका थिए । उनीहरू आइएसको गतिविधिबाट पूर्णरूपमा सुरक्षित थिएनन् । सन् २०१७ मा आइएसको पराजयपछि इराकमा सुरक्षा स्थितिमा सुधार भएको छ ।

 यद्यपि आइएसका केही अवशेष सहरी केन्द्र, मरुभूमि तथा उबडखाड क्षेत्रमा लुकेका छन् र उनीहरूले सुरक्षा फौज र सर्वसाधारणविरुद्ध लगातार गुरिल्ला हमला गरिरहेका छन् । 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ४ : २८ बजे

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको