जाजरकोटमा चिसोका कारण २४ दिनकी सुत्केरीको मृत्यु « Khabarhub

जाजरकोटमा चिसोका कारण २४ दिनकी सुत्केरीको मृत्यु


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटमा २४ दिनकी सुत्केरीको चिसोले मृत्यु भएको छ। कुशे गाउँपालिका-९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको बुधबार मृत्यु भएको प्रहरीको भनाइ छ।

उनले २४ दिनअघि छोरालाई जन्म दिएकी थिइन्। यसअघि एउटा दुई वर्षीय छोरा रहेकोमा उनको दोस्रो सन्तानलाई जन्म दिएकी थिइन्।

तीन दिनअघिदेखि कल्पनाको शरीर सुन्निएको थियो। कल्पनाको परिवार कात्तिक १७ गतेको भूकम्पपछि पालमुनि बस्दै आएका थिए। 

त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : १७ बजे

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले