ठगबहादुरलाई सफाइ हुने नियत राखेर अदालतमा बयान फेर्नेविरुद्ध मुद्दा « Khabarhub

ठगबहादुरलाई सफाइ हुने नियत राखेर अदालतमा बयान फेर्नेविरुद्ध मुद्दा


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसीविरुद्ध अदालतमा बयान फेरेको आरोपमा एक व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ ।

अभियोजनमा सरकारी साक्षीका रुपमा प्रस्तुत गरिएका बुटवल उपमहानगरपालिका– ४ लक्ष्मीपुरका खिलेन्द्रसिंह जीसीविरुद्ध आज विशेष अदालतमा अभियोगपत्र दायर भएको हो ।

जीसीले केसीलाई सफाइ हुने नियत राखेर अदालतमा बयान फेरेको अख्तियारले दाबी गरेको दाबी छ ।

अख्तियारले यसअघि केसीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

ठगबहादुर केसी इलाका प्रहरी कार्यालय बुटवलमा हुँदा बरामद भएको सुन आफैंले राखेको र घुस लिएको आरोप लागेको छ । लगत्तै उनी बर्खास्त समेत भइसकेका छन् ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : ३० बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण