सडक निर्माण ढिलाइको विरोधमा रास्वपाले गर्‍यो ११३ किमि पैदल यात्रा « Khabarhub

सडक निर्माण ढिलाइको विरोधमा रास्वपाले गर्‍यो ११३ किमि पैदल यात्रा


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइको विरोध स्वरूप सुरु गरेको पैदल यात्रा सकिएको छ ।

नारायणगढ-बुटवल सडक निर्माणमा ढिलाइ भएपछि रास्वपाले दबाबस्वरुप यो पैदल यात्रा गरेको हो । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपाको टोलीले नारायणगढदेखि बुटवलसम्मको सडक खण्डमा तीन दिन पैदल हिँडेका थिए ।

रास्वपा नेता-कार्यकर्ताले ११३ किलोमिटरको बाटो तीन दिनमा पैदल हिँडेर पार गरेका हुन । रास्वपाको विरोध यात्राका क्रममा विभिन्न स्थानमा सर्वसाधारणले रास्वपाको टोलीलाई स्वागत पनि गरेका थिए ।

रास्वपाको पैदल यात्रामा उपसभापति डोलप्रसाद अर्याल, सांसदहरू निशा डाँगी, हरि ढकाललगायत अन्य केही केन्द्रीय सदस्य पनि सहभागी भएका थिए ।

तीन वर्षमा सक्ने गरी २०७५ साल माघमा सम्झौता भएको यो सडक खण्डको पाँच वर्ष बितिसक्दा पनि ५० प्रतिशत काम सम्पन्न हुन सकेको छैन । सडक खण्डका लागि नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबिच सम्झौता भएको थियो ।

निर्माण कम्पनीले काममा ढिलाइ हुनुमा कोरोना कहर र निर्माण सामग्री अभावलगायतका कारण देखाउँदै आएको छ । कम्पनीले हाल कामले तीव्रता लिएको र २०८१ साल पुस मसान्तसम्ममा सम्झौता अनुसार काम सकिने बताउँदै आएको छ ।

 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ८ : २९ बजे

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुम्बासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल