धुलाबारी–इरौटार सडक कालोपत्रे गर्न ढिलासुस्ती « Khabarhub

धुलाबारी–इरौटार सडक कालोपत्रे गर्न ढिलासुस्ती


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

झापा – निर्माण व्यवसायीको ढिलासुस्ती र कोभिड–१९ का कारण धुलाबारी–इरौटार सडक कालोपत्र कार्य ढिलो भएको छ। गत साउन मसान्तमा सकिने गरी विसं. २०७६ असोज २० गते कनकाई झापा जेभी विर्तामोडले ठेक्का लिएको सडकको हालसम्मको वित्तीय प्रगति ३५ प्रतिशत मात्र भएको पूर्वाधार विकास कार्यालय झापाले जनाएको छ। बहुवर्षीय योजनाअन्तर्गत बन्दै गरेको सडक धुलाबारीबाट मागुरमाडी, शान्तिनगर हुँदै इलामको इरौटारसम्म २५ दशमलव ३७० किलोमिटर पूर्णरुपमा कालोपत्रे निर्माण गरिने पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर दीपेन्द्रकुमार साहले बताए।

प्रदेश नम्बर १ सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रु ४६ करोड ७२ लाख ४८ हजार बजेटमा निर्माण भइरहेको सो सडक निर्माण कार्य तोकिएको समयमा सम्पन्न नभएपछि निर्माण व्यवसायीले विसं. २०८० असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी दोस्रोपटक म्याद थप गरेको छ।

इञ्जिनियर साहले हालसम्म छ दशमलव पाँच किलोमिटर सडकको ग्राभेल र दुवै साइडमा ६० प्रतिशत ड्रेन निर्माण भइसकेको बताए। सात मिटर चौडाइसहितको निर्माण हुने सडकमा दुई स्लोव कल्भर्ट, २४ वटा होम पाइप कल्र्भट राखिने उनको भनाइ छ।

सो सडक निर्माणसँगै इलामको रोङ गाउँपालिकामा उत्पादन हुने कृषिजन्य सामग्रीको बजारीकरणमा सहयोग पुग्ने स्थानीयवासी बताउँछन्। एकै पटक शिलान्यास गरिएको धुलाबारी–ज्यामिरगढी–भद्रपुर सडकको कालोपत्र कार्य भने अन्तिम चरणमा पुगेको छ। सो सडकको ठेक्का लिएको हिम्डुङ एण्ड थोकर सरोज जेभीले लिएको छ। भद्रपुर–ज्यामिरगढी–धुलाबारी–गोजाबस्ती–मागुरमाडी–शान्तिनगर–इरौटार सडकको २०७५ सालमा शिलान्यास गरिएको थियो।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ७ : २० बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने