जोकोभिच अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा « Khabarhub

जोकोभिच अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वियाका नोभाक जोकोभिच दशौं पटक अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्।

मेलबर्नमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा अमेरिकी खेलाडी टोमी पाउललाई ३-० को सोझो सेटमा हराउँदै जोकोभिचले फाइनलको यात्रा तय गरेका हुन् ।

९ पटकको च्याम्पियन जोकोभिचले टोमीलाई ७-५, ६-१ र ६-२ ले पराजित गरे । अस्ट्रेलियन ओपनमा पुरुष एकलतर्फ जोकोभिचको यो लगातार २७ औं जित हो।

सन् २०१८ यता मेलबर्न पार्कमा जोकोभिचलाई कुनै पनि खेलाडीले पराजित गर्न सकेका छैनन्। जोकोभिच दशौँ पटक अष्ट्रेलियन ओपन जित्ने योजनामा रहेका छन् ।

अब जोकोभिचले उपाधिका लागि ग्रीसका स्टेफानोस सित्सिपाससँग खेल्नेछन् ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ७ : ५७ बजे

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई