जोकोभिच अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा « Khabarhub

जोकोभिच अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वियाका नोभाक जोकोभिच दशौं पटक अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्।

मेलबर्नमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा अमेरिकी खेलाडी टोमी पाउललाई ३-० को सोझो सेटमा हराउँदै जोकोभिचले फाइनलको यात्रा तय गरेका हुन् ।

९ पटकको च्याम्पियन जोकोभिचले टोमीलाई ७-५, ६-१ र ६-२ ले पराजित गरे । अस्ट्रेलियन ओपनमा पुरुष एकलतर्फ जोकोभिचको यो लगातार २७ औं जित हो।

सन् २०१८ यता मेलबर्न पार्कमा जोकोभिचलाई कुनै पनि खेलाडीले पराजित गर्न सकेका छैनन्। जोकोभिच दशौँ पटक अष्ट्रेलियन ओपन जित्ने योजनामा रहेका छन् ।

अब जोकोभिचले उपाधिका लागि ग्रीसका स्टेफानोस सित्सिपाससँग खेल्नेछन् ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ७ : ५७ बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम