काठमाडौँ महानगरका ९ वटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन | Khabarhub Khabarhub

काठमाडौँ महानगरका ९ वटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आइतबारदेखि नौवटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन गर्ने भएको छ ।

यही माघ १५ गते आइतबारदेखि पहिलो चरणमा कामपाले २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाबाट राष्ट्रिय परिचयपत्रको लागि काम सुरु गर्ने जनाइएको हो । सुरुमा नौर क्रमशः ३२ सै वडाबाट उक्त सुविधा उपलब्ध गराउन कामपाले राष्ट्रिय पञ्जीकरण विभागसँग अन्तिम चरणको छलफल गरिसकेको प्रवक्ता नवीन मानन्धरले बताए ।

निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमा नै प्राप्त गर्न नसकेको गुनासो नागरिकबाट आएपछि कामपाले वडा कार्यालयबाट वितरणको तयारी थालेको हो । यसअघि सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट परिचयपत्र तयार गरी प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयबाट वा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको स्थानबाट मात्रै वितरण गरिँदै आएको थियो ।

नागरिकको पहिचानलाई डिजिटल पहिचान गर्नु, जैविक पहिचानलाई एकीकृत गर्नु राष्ट्रिय परिचयपत्र बनाउनुको अवधारणा हो । सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा, सामाजिक सुरक्षा, कर प्रणाली, राहदानीजस्ता सेवा यससँग आबद्ध हुने भएकाले सेवा वितरण र व्यवस्थापनमा यसबाट सहज हुन्छ ।

विवरण दिन जाँदा नेपाली नागरिकताको प्रमाणपत्रको सक्कलप्रति, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको भए शैक्षिक योग्यताका प्रमाणपत्र, राहदानी वा यस्तै खालका मिति खुल्ने आधिकारिक प्रमाण चाहिन्छ । नागरिकताको प्रमाणपत्रमा उल्लेखितभन्दा फरक स्थायी ठेगाना भएमा बसाइँसराइ दर्ताको प्रमाणपत्र सक्कलप्रति लैजानुपर्छ । नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले उक्त परिचयपत्र लिने सक्ने व्यवस्था छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ८ : ४६ बजे

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण

पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

चितवन – पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

देवघाटमा मलामी गएका युवा नदीमा बेपत्ता

चितवन – मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन्