प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ « Khabarhub

प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ – प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङको टोलीले मर्स्याङ्दी गाउँपालिका १ घनपोखराका ३५ वर्षीय जीवन गुरुङलाई पक्रेको हो।

आफू प्रहरी भएको र विभिन्न स्थानमा जागिर लगाइदिने, प्रहरीमा परेका मुद्दा मिलाइदिने भनी ठगी गर्दै हिँडेका गुरुङलाई पोखरामा लुकीछिपी बसेको अवस्थामा प्रहरीले यही माघ १० गते पोखराबाट पक्राउ गरेको हो।

बेसीशहरमा डेरा गरी बस्ने गुरुङ विभिन्न महिलाहरूसँग रु ७ लाख १७ हजार पाँच सय रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। उनले जिल्ला प्रशासन कार्यालय, हुलाक कार्यालय र कृषि ज्ञान केन्द्रमा जागिर लगाइदिने आश्वासन दिएर ठगी गरेका थिए। गुरुङविरुद्ध प्रहरीमा उजुरी परेको थियो।

गुरुङलाई जिल्ला अदालतबाट ठगी सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ९ : ०० बजे

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि