एमालेबाटै राष्ट्रपति बन्‍ने निश्चित छ : प्रदीप ज्ञवाली | Khabarhub Khabarhub

एमालेबाटै राष्ट्रपति बन्‍ने निश्चित छ : प्रदीप ज्ञवाली


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पाल्पा – नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले आफ्नै पार्टीको उम्मेदवार राष्ट्रपति बन्ने पक्का भइसकेको बताएका छन्।

प्रेस चौतारी नेपाल, पाल्पा शाखाले शनिबार तानसेनमा आयोजनमा गरेको पत्रकार भेटघाटमा उनले सत्ता गठबन्धन दलबीच भएको सहमतिनुसार राष्ट्रपति एमालेले नै पाउने जिकिर गरे।

कांग्रेसतर्फ संकेत गर्दै उनले धमिलो खोलामा माछा मार्न खोजेको आरोप लगाए। बाहिर चर्चामा आएजस्तो आफूहरू सशंकित नरहेको पनि उनले सुनाए।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने भन्दै माओवादीको सहयोग खोजिरहेको छ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  १२ : ३२ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले