जुम्ला धावन मार्गको हिउँ पन्छाएपछि हवाई सेवा सुचारु « Khabarhub

जुम्ला धावन मार्गको हिउँ पन्छाएपछि हवाई सेवा सुचारु


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ  पन्छाएपछि हवाई सेवा सुचारु भएको छ । लगातरको हिउँले धावन मार्गमा नै जहाज बस्न कठिन भएको थियो । बिहीवार बिहानै देखी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले धावन मार्ग सफा गरेपछि हवाई सेवा सुचारु भएको हो ।

नेपाल नागरिक उड्डन प्राधिकरण जुम्लाका अनुसार हिउँ पन्छाएपछि दुई वटा उडान भएका छन् । नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजिव श्रेष्ठका अनुसार  हिउँ सफा सँगै हवाईसेवा सुचारु भएको हो । उनका अनुसार जहाज आएपछि तिन दिनदेखि थन्किएका यात्रुहरू आवत जावत हुन थालेका छन् । बिहीबार विमानस्थल सफाइ गरेपछि समिट एयर र तारा एयरले जुम्लामा उडान भरेका छन् ।

 त्यस्तै धावन मार्गमा हिउँ जमेपछि बिहानै देखी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम गरेको थियो ।

नेपाली सेना २४ नम्बर बाहीनीका वाहिनीपति सोवेन्द्रसिंह महत, नन्दावक्स गणका गणपति रविन थापा बिहानै देखी जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका थिए । तिन दिन देखी हिउँ परेर नेपालगञ्जमा जुम्ला आउने यात्रुहरू अलपत्र अवस्थामा थिए ।  

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  १२ : ४३ बजे

गैरकानुनी रूपमा फुटवेयर कारोबार नगर्न वाणिज्य विभागको आह्वान

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी रूपमा फुटवेयर (जुत्ता–चप्पल)

युक्रेनी आक्रमणपछि रूसमा इन्धन अभाव चर्कियो

मस्को- युक्रेनले रूसी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएपछि रूसका

तीन प्रतिशत समता शिक्षा शुल्क अभिभावकमाथि नथोपर्न आग्रह

काठमाडौं- सरकारले चालु आर्थिक वर्षदेखि लागू गरेको तीन प्रतिशत समता शिक्षा

बाढीपहिरोका कारण छ मुख्य राजमार्ग अवरुद्ध

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

दाङ– तुलसीपुर उपमहानगरपालिका-१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक