शुद्ध खानेपानी व्यवस्थापनका लागि योजना सञ्चालन | Khabarhub Khabarhub

शुद्ध खानेपानी व्यवस्थापनका लागि योजना सञ्चालन


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रसुवा– दक्षिण पश्चिम रसुवास्थित डाँडागाउँको नयाँ बस्तीमा शुद्ध खानेपानी व्यवस्थापनका लागि छुट्टै योजना सञ्चालन गरिएको छ । विसं २०७२ को भूकम्पले  विस्थापित भई पुनर्वास गरेका ४० घर परिवारलाई केन्द्रित गरी खानेपानीको व्यवस्था मिलाइएको र भाँगेखोलादेखि अल्छीबिसौनासम्मको खानेपानी निर्माण गर्नका लागि बागमती प्रदेश सरकारले ३० लाख अनुदान प्रदान गरेको हो ।

भूकम्पको असरले आफ्नो पुरानास्थान छोड्न बाध्य भएका साविक डाँडागाउँ गाविसका बासिन्दा हाल उत्तरगया गाउँपालिका–२ अल्छीबिसौनामा बसोबास गर्दै आएका छन् । उत्तरगया गाउँपालिका–२ का वडाध्यक्ष टुकुप्रसाद सुवेदीका अनुसार डाँडागाउँका बासिन्दाको हितका लागि चालु आर्थिक वर्षमा सञ्चालन गरिने विकास निर्माणका काम धमाधम अगाडि बढिरहेको छ ।

सिन्दूरे ढुंगा मुहान गरी भुमेस्थान हुँदै डाँडागाउँ तथा सिम्ले गाउँक्षेत्रमा शुद्ध खानेपानीको व्यवस्थापन मिलाउन प्रदेश सरकारको सहयोगअन्तर्गत निर्माणको प्रक्रिया अगाडि बढेको छ । भागेखोला मुहानबाट ल्याइने पानीले सिम्लेका एक सय ५० घर परिवार र सिदुरे ढुंगाबाट ल्याइने पानीले डाँडागाउँ क्षेत्रका करिब तीन सय घर परिवारलाई शुद्ध खानेपानीको व्यवस्था मिलाउने लक्ष  राखिएको छ । 

यी दुईमध्ये सिम्लेको योजना यसै वर्ष र सिन्दूरे ढुंगा डाँडागाउँको खानेपानी भने कम्रागतरूपले आगामी वर्ष सम्पन्न हुने बताइएको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई  खानेपानी निर्माणको व्यवस्थापन गर्न आवश्यक बजेट भने प्रदेश सरकारले व्यवस्थापन गरिसकेको वडा कार्यालयले जनाएको छ । 

दूरदराजका गाउँको विकासमा प्रदेश सरकारले थोरै सहयोग गरे पनि ग्रामीण बासिन्दाका लागि भने ठूलो राहत मिलेको स्थानीयले बताएका छन् । यसैगरी एकआपसी गाउँ घरमा हिँड्न सहजताको लागि सिँढी बाटो निर्माण, भाँगे गाउँमा सिँचाइ मर्मत तथा वधशाला र खेल मैदान, सिम्लेस्थित त्रिशूली नदीमा मरणपाटी निर्माणसमेतका कार्य सुरू गरिसकिएको छ ।

यसै आवमा सम्पन्न गर्ने लक्ष्यसाथ वडा कार्यालयको बजेटबाट सुरूवात भएको सिँढी तथा मरणपाटीलगायतका काम सम्पन्न गर्न २० लाख खर्च हुने वडाध्यक्ष सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  २ : ५५ बजे

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार