शुद्ध खानेपानी व्यवस्थापनका लागि योजना सञ्चालन « Khabarhub

शुद्ध खानेपानी व्यवस्थापनका लागि योजना सञ्चालन


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रसुवा– दक्षिण पश्चिम रसुवास्थित डाँडागाउँको नयाँ बस्तीमा शुद्ध खानेपानी व्यवस्थापनका लागि छुट्टै योजना सञ्चालन गरिएको छ । विसं २०७२ को भूकम्पले  विस्थापित भई पुनर्वास गरेका ४० घर परिवारलाई केन्द्रित गरी खानेपानीको व्यवस्था मिलाइएको र भाँगेखोलादेखि अल्छीबिसौनासम्मको खानेपानी निर्माण गर्नका लागि बागमती प्रदेश सरकारले ३० लाख अनुदान प्रदान गरेको हो ।

भूकम्पको असरले आफ्नो पुरानास्थान छोड्न बाध्य भएका साविक डाँडागाउँ गाविसका बासिन्दा हाल उत्तरगया गाउँपालिका–२ अल्छीबिसौनामा बसोबास गर्दै आएका छन् । उत्तरगया गाउँपालिका–२ का वडाध्यक्ष टुकुप्रसाद सुवेदीका अनुसार डाँडागाउँका बासिन्दाको हितका लागि चालु आर्थिक वर्षमा सञ्चालन गरिने विकास निर्माणका काम धमाधम अगाडि बढिरहेको छ ।

सिन्दूरे ढुंगा मुहान गरी भुमेस्थान हुँदै डाँडागाउँ तथा सिम्ले गाउँक्षेत्रमा शुद्ध खानेपानीको व्यवस्थापन मिलाउन प्रदेश सरकारको सहयोगअन्तर्गत निर्माणको प्रक्रिया अगाडि बढेको छ । भागेखोला मुहानबाट ल्याइने पानीले सिम्लेका एक सय ५० घर परिवार र सिदुरे ढुंगाबाट ल्याइने पानीले डाँडागाउँ क्षेत्रका करिब तीन सय घर परिवारलाई शुद्ध खानेपानीको व्यवस्था मिलाउने लक्ष  राखिएको छ । 

यी दुईमध्ये सिम्लेको योजना यसै वर्ष र सिन्दूरे ढुंगा डाँडागाउँको खानेपानी भने कम्रागतरूपले आगामी वर्ष सम्पन्न हुने बताइएको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई  खानेपानी निर्माणको व्यवस्थापन गर्न आवश्यक बजेट भने प्रदेश सरकारले व्यवस्थापन गरिसकेको वडा कार्यालयले जनाएको छ । 

दूरदराजका गाउँको विकासमा प्रदेश सरकारले थोरै सहयोग गरे पनि ग्रामीण बासिन्दाका लागि भने ठूलो राहत मिलेको स्थानीयले बताएका छन् । यसैगरी एकआपसी गाउँ घरमा हिँड्न सहजताको लागि सिँढी बाटो निर्माण, भाँगे गाउँमा सिँचाइ मर्मत तथा वधशाला र खेल मैदान, सिम्लेस्थित त्रिशूली नदीमा मरणपाटी निर्माणसमेतका कार्य सुरू गरिसकिएको छ ।

यसै आवमा सम्पन्न गर्ने लक्ष्यसाथ वडा कार्यालयको बजेटबाट सुरूवात भएको सिँढी तथा मरणपाटीलगायतका काम सम्पन्न गर्न २० लाख खर्च हुने वडाध्यक्ष सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  २ : ५५ बजे

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका