ब्रेकिङ स्टोरी

सर्भरमा समस्या, सरकारी वेबसाइटहरू डाउन

By खबरहब

January 28, 2023

काठमाडौं– सर्भरमा समस्या आउँदा नेपालमा सरकारका सबै वेबसाइट काम गर्न छोडेका छन् । सरकारी सर्भरमा समस्या आएका कारण नेपाल सरकार अन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइट खुलेका छैनन् ।

बाहिरबाट साइबर आक्रमणको प्रयास भएको राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले जानकारी दिए । उनका अनुसार बिहानदेखि नै सर्भरमा समस्या आएको थियो, तर दिउँसोदेखि भने सर्भर डाउन भएको हो । 

गृह मन्त्रालयमातहतको अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसेकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।