लोप हुँदै महाकालीको ‘महाशेर माछा’ « Khabarhub

लोप हुँदै महाकालीको ‘महाशेर माछा’


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– एक दशक अघिसम्म महाकाली नदीमा सजिलै पाइने यहाँको प्रख्यात ‘महाशेर माछा’ लोप हुन थालेको छ । माछाका विभिन्न प्रजातिमध्येको एक प्रजाति ‘महाशेर माछा’ आजभोलि महाकाली नदीमा मुस्किलले पाइन्छ । देख्नमा आकर्षक, तौल धेरै हुने र खानमा पनि स्वादिष्ट हुने भएकाले माछाको राजाका रुपमा समेत महाशेरलाई चिन्ने गरिन्छ । पछिल्लो समय महाकाली नदीमा उक्त माछा मात्रै नभई अन्य माछासमेत पाउन छाडेको बताइन्छ । 

आठ वर्षदेखि माछा मार्ने ठेक्का लिँदै आएका यहाँका माछा व्यवसायी जगत सिंहले पछिल्लो समय महाकाली नदीमा फाट्टफुट रुपमा मात्रै महाशेर माछा पाउने गरेको बताए । ‘अहिले महाशेर मात्रै होइन अन्य माछा पनि धेरै कम पाइन थालेका छन्’, उनले भने, ‘नदीमा ताल नहुनु र अनियन्त्रित रुपमा नदी उत्खननले पनि माछा लोप हुन थालेका छन् ।’

महाकाली किनारका अधिकांश मानिसले माछा मारेर जीवकोपार्जन गर्ने गरेका छन् । नदीमा माछा न्यून पाउन थालेपछि व्यवसायीसमेत चिन्तित बनेका छन् । एक दशकअघिसम्म महाकालीमा एउटै एक-डेढ क्विन्टलभन्दा ठूलो तौल भएको महाशेर भेट्न सकिन्थ्यो । अहिले १०-१५ किलोग्रामका महाशेर पनि भेटिन गाह्रो हुने गरेको माछा व्यवसायी बताउँछन् । 

‘पहिला महाकाली नदीमा एउटै महाशेर क्विन्टलसम्मको भेटिन्थ्यो’, स्थानीय कालु सुनाहाले भने, ‘केही वर्षयता थोरै मात्रामा महाशेर माछा पाइन्छ, त्यो पनि १०-१५ किलोको मात्रै ।’ महाकाली नदीमा अनियन्त्रित ढंगले माछा मार्ने क्रम पनि बढ्दै गएकाले महाशेर लोप हुन थालेको बताइन्छ ।

तत्कालीन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले महाकालीमा महाशेर लोपोन्मुख अवस्थामा रहेको बताए । ‘महाशेर माछा विश्वमै दुर्लभ प्रजातिको माछा हो, यो लोप हुने अवस्थामा छ’, उनले भने, ‘पछिल्लो समय अनियन्त्रित रुपमा माछा मार्ने गतिविधिका कारण यो प्रजाति लोप हुने अवस्थामा पुगेको हो ।’

उनका अनुसार २०२० मा गरिएको अध्ययनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै लोपोन्मुख प्रजातिसहितका माछा रहेको पाइएको हो । त्यसमा महाकालीको महाशेर माछा पनि छ । महाकालीको आकर्षणका रुपमा रहेको महाशेर माछा  संरक्षण गरेर जलीय जैविक विविधता कायम राख्नाका साथै जल पर्यटनलाई समेत टेवा पुग्ने उनले बताए ।

 

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ४ : ३३ बजे

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको