पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण « Khabarhub

पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पत्रकार दामोदर न्यौपाने नवौँ कृति ‘घरको शिक्षा’ लोकार्पण गरिएको छ । शिखा प्रकाशनद्वारा प्रकाशित कृति आज यहाँ आयोजित समारोहमा प्रा. डा विद्यानाथ कोइराला, मनोपरामर्शदाता विजय ज्ञवाली, शिक्षक सङ्घका महासचिव लक्ष्मी किशोर सुवेदी लगायतले विमोचन गरेका हुन् ।

स्रष्टाले पुस्तकमार्फत् बालबालिकालाई असलसँगै खुसी रहन प्रेरित गर्ने बालक र अभिभावको हृदय बुझ्ने मनोविज्ञानसम्बन्धी सन्देश प्रवाह गर्न खोजेका छन् । कृति कोरोना सङ्क्रमणको जोखिमका कारण विद्यालय बन्द हुँदा घर सबैभन्दा सुरक्षित स्थान भए पनि बालबालिकालाई सिकाइ र संस्कारसँग जोड्न नसक्दा हुनसक्ने सम्भावित घटना दोहिरिन नदिन अभिभावक चनाखो हुनुपर्ने विषयमा केन्द्रित छ ।

प्रत्येक घरका अभिभावकले बालबालिकालाई संस्कारयुक्त मनोवैज्ञानिक शिक्षा दिन जरुरी रहेको बताउँदै कार्यक्रमका सहभागी वक्ताले अहिलेको शिक्षा किताबमा सीमित नभई सूचना, प्रविधि, धर्म र संस्कारको मिश्रण भएको विषय पुस्तकमा समावेश रहेको बताए ।

उक्त अवसरमा प्रा. डा कोइरालाले बालमनोविज्ञानलाई नबुझेर अभिभावकले आफ्नो इच्छामा चल्न सिकाउने प्रवृत्ति बढिरहेको समयमा पुस्तकले विभिन्न सिद्धान्त, दर्शन,  सञ्चार, प्रविधि, संस्कार, पूजापाठका  माध्यमबाट पनि किताबको ज्ञानभन्दा धेरै शिक्षा हासिल गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएको बताए।

महासचिव सुवेदीले पुस्तक आत्म निरीक्षणका लागि ऐना भएकाले शिक्षक, अभिभावक र विद्यार्थीले पढ्नै पर्ने ज्ञान पुञ्जका रुपमा रहेको बताए। शिक्षिका मञ्जु भट्टराईले संस्कार सिकाइको पहिलो पाठशाला घर भएकाले शिक्षामा संस्कारलाई अनिवार्य जोड्न आवश्यक रहेको बताए ।

पुस्तकमार्फत् ‘गते’ र ‘बार’का विभिन्न शीर्षकमा स्रष्टाले घरः संस्कारको जग, महामारीमा नयाँ यात्रा रचनात्मक सिकाइजस्ता विषयमा घर, परिवार, समाज र देशलाई अनुभवमा आधारित शिक्षा प्रदान गर्ने तरिकाबारे ज्ञान दिलाउन खोजिएको छ ।

 किताबको अध्ययनभन्दा सूचना र प्रविधिको ज्ञानले बालबालिका व्यक्तित्व विकास र प्रस्तुतिमा निखार ल्याउने मात्र नभई निडर र प्रखर तुल्याउने पुस्तकका पात्र हार्दिकताबाट समेत पुष्टि गरेको विषय उजागर गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ५ : २६ बजे

हर्मुज मार्ग अमेरिकी नियन्त्रण रहेको ट्रम्पको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको स्थिति सामान्य रहेको

युरोपमा आज पहिलो दुर्लभ खग्रास सूर्यग्रहण, एसियामा किन देखिँदैन ?

काठमाडौँ – आज युरोपमा सन् १९९९ पछिको पहिलो दुर्लभ खग्रास

इरान युद्धमा ट्रम्पको स्वार्थ : क्षेप्यास्त्रको जोखिमपछि ‘विमान परिवर्तन’ को रहस्य सार्वजनिक

वासिङ्टन– “उनले मलाई आक्रमण गर्नुअघि नै मैले उनलाई सिद्ध्याइदिएँ ।

लाल बकैया नदीमा डुबेका दुई बालबालिकाको शव भेटियो, एक अझै बेपत्ता

काठमाडौँ – लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन

यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

इलाम– यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२–८३ मा