पेस्तोल बेच्ने र खरिद गर्ने दुवै पक्राउ « Khabarhub

पेस्तोल बेच्ने र खरिद गर्ने दुवै पक्राउ


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

धनुषा – प्रहरीले पेस्तोल बेच्ने र खरिद गर्ने दुवैलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पेस्तोल खरिद गरेका धनुषा मिथिला नगरपालिका वडा नं ६ बस्ने २८ वर्षीय रोशन महतो र बेच्ने सोही ठाउँ बस्ने २६ वर्षीय शङ्कर महतो रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले दुवै जनालाई मिथिला नगरपालिका–२ नक्टाझीस्थित विश्वकर्मा चोकबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

शङ्काको आधारमा रोशनलाई जाँच गर्दा प्रहरीले माउजर पेस्तोल एक थान, पेस्तोलमा लोड गरिएको म्याग्जिन एक थान र म्याग्जिनमा लोड भएको गोली दुई थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बिहीबार राति करिब ८ बजेको समयमा मिथिला नगरपालिका–२ विश्वकर्मा चोकमा एक पुरुष पेस्तोल बोकेर गइरहेको गोप्य सूचनाका आधारमा खटेको प्रहरी टोलीले रोशनलाई शङ्कास्पद अवस्थामा पक्राउ गरेको थियो ।

पक्राउ परेका रोशनसँग प्रहरीले सोधपुछ गर्दा हतियार सोही ठाउँ बस्ने शङ्कर महतोसँग रू ५० हजार दिई बाँकी २० हजारपछि दिने शर्तमा धनुषाको जटहीस्थित सीमानाकाबाट खरिद गरेर ल्याएको प्रहरीलाई दिएको वयानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारीदिए।

हतियार बिक्री गर्ने शङ्कर महतोलाई तत्कालै पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक खड्काले आज पत्रकार सम्मेलनमार्फत् जनाकारी दिए।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ८ : ४५ बजे

मञ्जनको निगरानी र गुणस्तर जाँच गर्न ‘हाइजेनिस्ट एसोसिएसन’ को माग

काठमाडौं– बजारमा बिक्री वितरण भइरहेको मञ्जनको निगरानी र गुणस्तर जाँच

‘निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व’

गण्डकी– निर्वाचन आचारसंहिताको पालना एवम् प्रभावकारी कार्यान्वयन सबैको साझा दायित्व

‘फागुन २१ को निर्वाचनबाट देश ट्रयाकमा आउँछ भन्ने ग्यारेन्टी छैन’

२१ फागुनको निर्वाचनसम्म पनि देश पुग्छ कि पुग्दैन ? पुगे

दलहरूलाई रेखाको चुनौती, ‘जेन–जीका माग सम्बोधन गर्ने घोषणापत्र छ ?

काठमाडौं – नायिका तथा नेतृ रेखा थापाले सार्वजनिक रूपमा दलहरूमाथि

स्वास्थ्य बीमा सेवामा अनावश्यक रिफर गर्ने संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी 

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्डले