पर्यटकीय विकासका लागि महोत्सव « Khabarhub

पर्यटकीय विकासका लागि महोत्सव


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोखरा महानगरपालिका–२३ स्थित पर्यटकीयस्थल चापाकोटको पर्यटकीय विकासलाई लक्षित गरी यही माघ २४ गतेदेखि २८ गतेसम्म चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ हुने भएको छ ।

चापाकोट पर्यटन प्रवर्द्धन समितिको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा हुने महोत्सवको सह प्रयोजक चापाकोट देउराली सामुदायिक होमस्टे छ । महोत्सवमा विभिन्न संस्कृतिक कार्यक्रम तथा प्रतियोगिता हुने समितिका अध्यक्ष भीमप्रसाद पराजुलीले जानकारी दिए।

उनका अनुसार महोत्सवमा नौमती बाजा, भजन, रत्यौली, खेलकुद, बाल नृत्य, दुना टपरी गाँस्नेलगायतका प्रतियोगिता हुनेछन् ।महोत्सवमार्फत् स्थानीय प्राकृतिक, धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने, पर्यटन पर्यावरण विकास गर्ने, स्वरोजगारीमार्फत् आय आर्जनमा वृद्धि गर्ने विश्वास लिइएको छ ।

महोत्सवबाट बचत रकमबाट पर्यटन प्रवर्द्धनका लागि ठाउँ ठाउँमा सांकेतिक बोर्ड राख्ने, वृत्तचित्र निर्माण गर्ने, वेवसाइटमार्फत् प्रचारप्रसार गर्ने, पुस्तक पर्चा, छपाइ र वितरण गरिने उनले जानकारी दिए ।

समितिले बाम्दीबाट भुम्दीकोटसम्म पुग्ने पैदलमार्ग सिँढी बनाउने, होमस्टेलाई थप गुणस्तरीय बनाउने र नयाँ थप्ने प्रयास गर्नेलगायत योजना बनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ९ : ०६ बजे

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, कसरी लाग्यो आगो ?

काठमाडौँ – सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा बुधबार पुनः आगलागी

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे