‘प्रथम मेयर रनिङ शिल्ड’ प्रतियोगिता सम्पन्न « Khabarhub

‘प्रथम मेयर रनिङ शिल्ड’ प्रतियोगिता सम्पन्न


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको तारकेश्वर नगरपालिकाद्वारा सञ्चालित ‘प्रथम मेयर रनिङ शिल्ड’ प्रतियोगिता सम्पन्न भएको छ । ‘खेल तारकेश्वरको, सन्देश एकताको’ भन्ने मूल नाराका साथ माघ १२ गते सुरु भएको उक्त प्रतियोगिता आज सम्पन्न भएको हो ।

समापन कार्यक्रममा नगरप्रमुख महर्जनले नगरपालिकाभित्र लुकेर रहेका खेलाडीको प्रतिभालाई बाहिर ल्याउनका लागि उक्त प्रतियोगिता आयोजना गरिएको बताए। उनले हरेक विद्यालयका विद्यार्थीलाई एकापसमा जोड्नका लागि खेलकुद प्रतियोगिताले सहयोग पुगेकोे बताए।

उक्त प्रतियोगितामा तारकेश्वर नगरपालिकाभित्रका ३४ सामुदायिक तथा संस्थागत विद्यालयका एक हजार नौ सय विद्यार्थीको सहभागिता रहेको थियो । फुटबल, भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सलआर्ट गरी पाँच विधामा भएको उक्त प्रतियोगितामा हिमरश्मी हाइस्कुल प्रथम भएको छ । हिमरश्मी स्कुलले १२ स्वर्ण, पाँच रजत र नौ काश्य पदक जितेको छ ।

प्रथम भएसँगै हिमरश्मी स्कुलले रु एक लाख नगदसहित शिल्ड र प्रमाणपत्र हात पारेको छ । यस्तै दोस्रो लालीगुँरास नेशनल एकेडेमी भएको छ । सो एकेडेमीले आठ स्वर्ण, चार रजत र छ कास्यपदक जितेको छ । दोस्रो भएको सो एकेडेमीले रु ६० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।

तेस्रो किन्डर गार्डेन स्कुल भएको छ । सो स्कुलले पाँच स्वर्ण, दुई रजत र दुई काश्य हात पारेको छ । सो स्कुलले रु ४० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी सान्त्वना एन्जल हार्ट माविले पाएको छ । सो माविले चार स्वर्ण, पाँच रजत र तीन काश्य हात पारेको छ । सान्तना पुरस्कारस्वरुप सो माविले रु २० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको हो ।

‘प्रथम मेयर रनिङ शिल्ड’ प्रतियोगिता सञ्चालनका लागि सो नगरपालिकाले रु ३५ लाख बजेट विनियोजन गरेको थियो । उक्त प्रतियोगितामा १८ वर्ष कम उमेर समूहका विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  १० : ३६ बजे

संसद्‍मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

काठमाडौं– आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर

इशान र रोहितले अर्धशतक बनाउँदा स्कटल्यान्डविरुद्ध नेपालको सहज जित

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा भएको त्रिदेशीय प्रतिस्पर्धाअन्तर्गत

व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था मिलाउन हर्कको आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले

रामकुमारीले भनिन्- सुशासन र गुणस्तरीय सेवाका नाममा नागरिकलाई तर्साएर शासन गर्न हुँदैन

काठमाडौं– राष्ट्रियभा सदस्य रामकुमारी झाँक्रीले सुशासन र गुणस्तरीय सेवामा नाममा

हर्क साम्पाङलाई जानकारको सुझाव– ‘सस्तो स्टन्टले निलम्बनमा परिएला’

काठमाडौं- चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका वालेन्द्र शाहले अहिलेसम्म