राजनीतिक स्थिरता नभएसम्म देशको विकास असम्भव « Khabarhub

राजनीतिक स्थिरता नभएसम्म देशको विकास असम्भव


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

राजनीतिक समीकरण फेरि एक पटक बदलिएको छ । पुरानो गठबन्धन भत्किएर आठ दलको गठबन्धन बनेको छ । पहिलेका पाँच दलको गठबन्धनमा केही नयाँ दल पनि मिसिएका छन् । राजनीतिक वृत्तमा चुनावअघि एउटा, चुनावपछि अर्को, प्रधानमन्त्री बन्ने बेला एउटा र राष्ट्रपति बनाउने बेला अर्को गठबन्धन बनेका छन् । नेपालको राजनीतिमा गठबन्धनको सिलसिला रोकिएको छैन । पछिल्लो बदलिएको समीकरणले नेपालको राजनीतिक दिशा कतातिर उन्मुख हुन खोज्दै छ त ? बदलिएको समीकरणको प्रभाव के हुन सक्छ ? यस विषयमा आधारित रहेर राजनीतिक विश्लेषक डा केपी शर्मासँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश-

एकले अर्कोलाई धोका दिएमा मात्र राजनीति सफल हुन्छ भन्ने अवस्था विकसित हुने क्रममा छ, यो अवस्था आउनुको पछाडि मुख्य कारण के होला ?

यसको कारण खोजी गर्ने काम हाम्रो हो । मुख्य कारण निर्वाचन प्रणाली र राजनीतिक संरचना नै हो जस्तो लाग्छ । हाम्रो राजनीतिक दलहरू नै बलिया छैनन् र हाम्रो विधान पनि ठिक छैन । नेपालमा कुनै एक पार्टीले स्थीर संरचना वा विकासका काम गर्छ भन्ने मलाई लाग्दैन ।

अहिलेको समयमा जनतामुखि राजनीति किन हुन नसकेको होला ?

विकासको कुरा हुने बेला स्थिरताको अपेक्षा रहनु स्वाभाविक छ । जब राजनीतिक स्थिरता हुँदैन, तब विकासको कुरा सोच्न पनि असम्भव छ । देशमा स्थिर राजनीतिक प्रणाली नै छैन । त्यस कारण विदेशी शक्ति केन्द्रले जति बेला पनि हल्लाउन सक्छन् । अहिलेको राजनीतिमा षड्यन्त्र र अनैतिक खेल भएकोजस्तो सबैलाई आभाष भएको छ ।

भारतसँग मित्रताका कारण अमेरिका नेपालसँग जोडिएर आएको हो ? चीनलाई पछाडि धकेल्न अमेरिका नेपालसँग जोडिएको हो ? पछिल्लो गठबन्धनले त्यस्तो देखाउँछ ?

भारत दक्षिण एसियाको क्षेत्रीय लिडर हो । नेपालले भोलि भारतलाई नगन्ने हदसम्म अमेरिकाले हस्तक्षेप नगरोस् भन्ने भारतीयको सोच मैले बुझेको छु । अमेरिकाले प्रत्यक्ष रूपमा एमसीसी आएपछि सक्रियता देखाएको छ । हिजो र आजको राजनीतिक समीकरणमा खासै फरक छैन । पाँच दलको समीकरण र आठ दलको समीकरणमा खासै केही फरक नै छैन । भारतले चाहेको उम्मेदवार रामचन्द्र पौडेल होइनन् । भारतले चाहेको उम्मेदवार कृष्णप्रसाद सिटौला वा महन्थ ठाकुर होलान् । भारत र अमेरिकाको सोचअनुसारको बाटो नेपाल हिँडेको बुझिन्छ । राजनीतिमा अहिले सर्वमान्य लिडर नभएकोले अविश्वासको वातावरण बनेको छ ।

नेपालले अरू देशले खेलेको खेललाई बुझेको छ ?

कसरी सत्तामा रहन सक्छु भन्नेमा प्रचण्डले दिमाग घुमाएका छन् । अर्थशास्त्रीय हिसाबमा एमसीसी आएको छ, त्यो एक सानो रूप मात्र हो । नेपाल तानातानको बेहाल स्थितिमा छ । अमेरिका र भारतको चेपमा नेपाल र नेपाली राजनीतिक नेता समेत पिसिइरहेका छन् ।

 प्रस्तुति- कुसुम गौतम

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  १२ : ५८ बजे

बाँके प्रहरीमा एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज– प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५ मुद्दा

संघीय संसदका दुवै सदनको बैठक बस्दै, प्रि–बजेटमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ आज, सुनुवाइ समितिमा १६ उजुरी सांसदलाई वितरण

काठमाडौँ – संवैधानिक परिषद्‍बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा.

‘प्लेकार्ड बोकेर लोकतान्त्रिक अभ्यास गरेका हौँ, बाधक भए नियमावली फेरौँ’

काठमाडौँ- श्रम संस्कृति पार्टीका महासचिव आरेन राई युवा नेता हुन्

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि आजदेखि संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संवैधानिक परिषदबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार