नेपाली खेलाडी बरुणको थाइल्याण्डमा ह्याट्रिक « Khabarhub

नेपाली खेलाडी बरुणको थाइल्याण्डमा ह्याट्रिक


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठ्माडौं – नेपालका मुआथाई खेलाडी बरुण घले गुरुङले थाइल्याण्डमा आयोजित मुआथाई प्रतियोगीतामा ह्याट्रिक गरेका छन् ।

थाइल्याण्डका मुआथाई खेलाडीलाई हराउने पहिलो नेपाली खेलाडीको इतिहास बनाएका गुरुङले लगातार तेश्रो पटक थाई फाइटरलाई हराउँदै ह्याट्रिक गरेका हुन् ।

गुरुङले बैंककमा आयोजित केएटी रोड शो इपिशोडमा किक बक्सिङ रुल्समा थाई फाइटरमाथि टेक्निकल नोकआउट (टिकेओ)मार्फत लगातार तेश्रो जित निकाल्न सफल बनेका छन् ।

नेपालबाट थाईल्याण्ड पुगेर व्यवसायीक रुपमा मुआथाई खेल्न सुरु गरेका गुरुङले गत माघ ६ गते थाइल्याण्डको राजादम्नर्न स्टेडियममा भएको प्रतियोगीतामा थाई फाइटरलाई जित्ने पहिलो नेपाली फाइटरको इतिहास रचेका थिए ।

यस्तै, थाइल्याण्डको पटायाको म्याक्स मुआथाइ रंगशालामा गत माघ २९ गते राति भएको म्याक्स मुआथाई फाइटमा गुरुङले राउण्ड वानको पहिलो ४० सेकेण्डमा थाई फाइटरलाई हराउँदै टिकेओमार्फत दोश्रो जित हासिल गरेका थिए ।

नेपालको इरावान मुआथाई फाईट जिममा तालिम र कोचिङ गर्दै आएका उनले हाल थाईल्याण्ड बैंककस्थित मेड मुआथाई जिममा तालिम लिइरहेका छन् । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका गुरुङले मुआथाईका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।

इग्ल्याण्डको युद्धमा थाइ आर्मीबाट सुरु भएको र प्रयोग गरिएको मुआथाई थाइल्याण्डको राष्ट्रिय खेल हो । हात खुट्टा भाँचिने र अनुहार बिग्रिने भएकाले यस खेललाई जोखिमपूर्ण मानिन्छ ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ६ : ४४ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म