भारतमा बनेको ऐतिहासिक कला सङ्ग्रहालय « Khabarhub

भारतमा बनेको ऐतिहासिक कला सङ्ग्रहालय


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भारतमा लामो प्रतीक्षापछि सञ्चालनमा आएको एमएपी म्युजियम अफ आर्ट एन्ड फोटोग्राफीले यस महिना आफ्नो पहिलो दर्शकलाई स्वागत गरेको छ। ६० हजार सामग्री रहेको म्युजियम बंगलोरको दक्षिणमा छ। यस सङ्ग्रहालयको महत्त्व यस कारण पनि छ कि यसले दक्षिण भारतको मात्र होइन, सिङ्गो दक्षिण एसियाको प्रतिनिधित्व गर्छ। दक्षिण एसियाली समाजको पनि यसले प्रतिनिधित्व गरेको छ।

यो निजी सङ्ग्रहालयमा पाँच भिन्न खालका नयाँ भवन छन्। यसमा मध्य आधुनिक र परापूर्व कालको कला पनि झल्काइएको छ। यसको टेक्सटाइल, क्राफ्ट र प्रिन्टको विज्ञापन लगायत विषयले धेरै कुराको अर्थ बोकेको छ। यसले फाइन आर्ट र दैनिक सृजनाशीलताको भिन्नतालाई पनि व्याख्या गरेको छ।

बलिउडका स्मरणीय धेरै कुरा त्यसै सङ्ग्रहालयमा भेट्न सकिन्छ। साथै परम्परागत काँच निर्मित थुप्रै कलासँग सम्बन्धित विषय तथा त्यहाँ हुने नै भए। धेरै मूर्तिका आकृति पनि त्यसै सङ्ग्रहालयमा राखिएका छन। एमएपीका संस्थापक तथा पुरातत्त्व ज्ञाता एवं व्यापारी अभिषेक पाृदार यसरी सङ्ग्रह गरिएका सबै कुराहरू पैसा तिरेर हेर्नका लागि कन्जुस्याइँ गर्न आवश्यक नरहेको बताएका छन्।

पोदारको बिचारमा हाइ हार्ट र लो आर्ट तथा डेकोरेटिभ आर्ट र फाइन आर्ट बिचको भिन्नता भारतीय सोच होइन। अझ भनौँ यो पूर्वेली संस्कृति अनुसारको होइन। कला सङ्ग्रहका नामी व्यक्तित्व पोदारले पश्चिममा हुर्कँदै गएको प्रचलन अनुसार पूर्वेली परिबेसमा यसलाई ढाल्दै सबै कुरा गर्न आवश्यक छ। यो अत्यन्त कठिन पनि छ। उनको विचारमा यस संगहालय अहिले भर्खर तयार भए पनि पूर्ण रूपमा आउन अझ लामो समय लाग्न सक्ने छ। उनलाई थाहा छकी त्यहाँ राख्न आवश्यक अन्य धेरै कुरा उपलब्ध गराउन बाँकी नै छ।

यसरी सङ्ग्रह गर्नु र सबै अगाडी प्रस्तुत गर्नु कम्ती कठिन कुरा होइन। तर, उनका लागि यो एउटा अवसर नै हो। उनले भारतमा सङ्ग्रहालयको संस्कृति विकास गर्न चाही रहेका छन्। एमएपीका धेरै स्थानमा निःशुल्क प्रवेश पाउन सकिन्छ। साँझको समयमा युवाहरू जम्मा भएर हिँडाइका लागि समेत यस स्थानलाई उपयुक्त ठान्न गरिएको छ। खोलिएको पहिलो सातामा दैनिक १ हजार जनाको दरले त्यहाँको भ्रमण गरेका थिए।

एक चौथाइ जनसङ्ख्या १४ वर्ष या सो भन्दा कम रहेको भारतमा एपएपीको उद्देश्य र लक्षित वर्ग युवा समुदाय नै हो। त्यहाँको डिजिटल स्वरूप अत्यन्त परिष्कृत र विकसित छ। कोभिडको महामारीले लक्षित समय भन्दा दुई वर्ष ढिला उद्घाटन भएको सङ्ग्रहालयमा भिडियो वर्कसप र वेमिनारको समेत व्यवस्था गरिएको छ। दक्षिण एसियाली कलाका अनलाइन इन्साइक्लोपेडियाको अनुभव पनि त्यहाँ गर्न पाइन्छ। एकदमै विज्ञ दुई हजार जना विज्ञ समाहित भइसके।

पोदारकै विचारमा भारतीय संस्कृति एकदमै धनी छ। यसमा सङ्ग्रह गर्न लायक धेरै कुरा छन्। भारत कला र संस्कृतिको अत्यन्त धनी देश भएका कारण यसलाई जम्मा गर्न अझ कठिन नै छ। उनले आफैले जम्मा गरेका र खोजेका सात हजारको व्यवस्था गरेका छन्। केही हजार चन्दा आएका छन्। यसी अन्य धेरै स्थानबाट सहयोग आउने क्रम पनि जारी छ।

एमएपीको उद्घाटन समारोहले पनि धेरै कथाहरूको झझल्को दिएको थियो। धेरै आकर्षक रूपले मुर्त र अमूर्त कलालाई त्यहाँ राखिएको थियो। भारतीय इतिहासमा महिलाको भूमिकालाई त्यहाँ भिन्न रूपले प्रस्तुत गरिएको थियो।

पूर्वेली संस्कृति अनुसार भारतीय महिला देवीको रूपमा र प्रकृतिको रूपमा पुजिए। महिलालाई पूजा गर्ने संस्कृति पूर्वेली दर्शनमा वर्षौँ अगाडिदेखि छ। पेन्टर अमृता सेल घी भने भारतीय महिलालाई पुरुषको भिन्न आँखाले हेरिने बताउँछिन्। उनी एका तीर देवीको रूपमा र अर्कोतर्फ मनोरञ्जनको वस्तुको रूपमा महिलालाई हेर्ने गरिएको बताउँछन्। धेरै कलाले त्यो दुवै रूपमा प्रस्तुत गरिएको उनको मत छ।

उनले महिलामा रहेको महत्त्वाकाङ्क्षा , केही गर्ने चाहना तथा इच्छाशक्ति उनीहरूमा पनि हुन्छ । उनीहरूमा पनि वासना हुन्छ। यी सबैलाई कलामा देखाउनु उपयुक्त भएको उनीहरूको ठहर हो।
धेरै महिलाको विचारमा यो मुर्त र अमूर्त कला पनि पुरुष पक्षीय भएको अनुभव छ। पूर्वेली समाज वर्षौँदेखि पुरुष प्रधान भएका कारण यसको असर अन्य धेरै क्षेत्रमा देखिएको उनको अनुभव छ। ठूलो आकारको वक्षस्थल, छिनिएको कम्मर र फराकिलो नितम्ब भएको देवीको कल्पना नै पुरुष प्रधान समाजले गरेको एक महिला कलाकार बताउँछिन्।

१९५७ मा मदर इन्डिया चलचित्रपछि मात्र महिलालाई बहादुर र स्वतन्त्रताको सेनानीको रूपमा वर्णन गरिएको उनीहरूको ठहर छ। २० औं शताब्दीमा धेरै महिला कलाकारको उदय भएपछि महिलाको परिचय फेरिएको हो। २० औं शताब्दीमा महिलाको विम्बलाई परिवर्तन गर्ने र यसलाई कलामा उतार्ने एउटा अभियान नै चलेको हो।

सन् १९९१ नलिनी मालिनीले एउटा चित्र तयार पारेकी थिइन्। उनले महिलालाई संहारकर्ता र विश्वकारी दुवै रूपमा प्रस्तुत गरिन्। नीलिमा सेखको मदर एन्ड चाइल्ड टु जस्तो कल्पना र सृजना त सायदै पुरुष कलाकारले गर्न सक्छन् । यस्ता धेरै कलाकारको उदयसँगै भारतीय कलामा महिलालाई राखिने स्थानमा परिवर्तन आएको हो।

रेनुका राजीवका केही कला तथा एलजीबीटीक्यूको सङ्ग्रहकर्ता पायनाका सङ्ग्रहले ५० वर्ष माथिको एलजीबीटीक्युको अवस्थालाई प्रस्ट पार्न खोजिएको छ। कलाकार स्वानीको विचारमा त्यहाँ सुधार गर्न आवश्यक धेरै कुरा छ। उनको विचारमा सीमान्तकृत समुदायलाई सम्बोधन गर्ने धेरै कलाको आवश्यकता अझै छ। उनको विचारमा सङ्ग्रहालयले धेरै विगतको मिथकलाई भत्काउन आवश्यक छ। त्यहाँ पुग्ने दर्शकले धेरै खालको विचार, सोच र भावनाको प्रतिनिधित्व हुन सक्ने किसिमको सङ्ग्रहालय नै पूर्ण हो। उनले आशा गरेकी छन्, कि एमएपीले समाजको सबै वर्गको आवाजलाई प्रस्तुत गर्ने छ।
स्रोत : सीएनएन

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ८ : ३८ बजे

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै