मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरीको बलवा नगरपालिका–१० मा गए राति मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत विहार राज्यको मधुबनी जिल्लाको साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय  प्रेमलाल महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिए। 

बलवा-१० को धमौराबाट बनौटा जाँदै गरेको प्र२-०२-००२प ३३७२ नंको मोटरसाइकलले बाटो काट्दै गरेका  महतोलाई ठक्कर दिएको थियो । उपचारार्थ  बर्दिबासस्थित ट्रमा सेन्टरमा लगिएकोमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

मोटरसाइकल चालक २२ वर्षीय कृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  १० : ०० बजे

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)